logo

पर्सामा बलात्कारको घटनामा बृद्धि

      3/24/2018 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

कृष्ण मोहन साह 
चैत्र १० सुवर्णपुर ।
पर्सा जिल्लामा बलात्कारको घटनामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको साउन देखि चैत ६ गते सम्म बलात्कार सम्बन्धि १६ वटा घटना भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार  गत साउन देखि चैत ६ गते सम्म पर्सा जिल्लामा जबरजस्ती करणीका नौ वटा र जबरजस्ती करणी प्रयासका सात वटा जाहेरी परेको छ ।

 

गत आर्थिक वर्ष २०७३÷०७४ मा भने पर्सा जिल्लामा जबरजस्ती करणीका १० वटा र जबरजस्ती करणी प्रयासका ११ वटा जाहेरी परेको थियो ।

 

चालु आर्थिक वर्षको नौ महिनाको अवधीमा भएका बलात्कार सम्बन्धि घटनामा अधिकांश बालिका र किशोरीहरु बलात्कारको शीकार भएका हुन् ।

 

यस्तै पछिल्लो नौ महिनाको अवधीमा पर्सा जिल्लामा बलात्कारको हिंसामा परेका बालिका , किशोरी र महिलाहरु आफनै आफन्त वा चिनजानकै पुरुष तथा युवाहरुबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको  छ ।  

 

पर्साका प्रहरी उपरिक्षक रग्मीले भने  जिल्लामा भएका बलात्कारका घटनाका दोषीलाइ कार्वाहीका लागि प्रहरी गम्भिर रुपमा लागेको बताए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.