logo

जर्वजस्तीकरणीका अभियूक्तहरु कसैले उन्मुक्ति पाउदैनन - प्रबउ उपाध्याय

      3/28/2018 गते 00 00 मा प्रकाशित     1645   पटक पढिएको

कलैया १४ चैत ।
संघीय प्रहरी इकाई बरिष्ठ प्रहरी उपरीक्षक सुर्य प्रसाद उपाध्यायले नेपाल प्रहरीले महिला हिसा न्यूनीकरण लाई प्राथमिकता दिएर कार्य योजनामा राखेको बताएका छन् ।

 

 जिला प्रहरी कार्यलय बारा, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बुधबार कलैया आयोजित जबर्जस्ती करणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रममा उनले यस्तो बताएका हुन ।

 

जबर्जस्ती करणी जघन्य अपराध भएकोले यसबाट कुनै पनि अपराधीले उन्मुक्ति नपाउने उनले बताए । जबर्जस्ती करणी अपराधको घटनालाई समाजमा ढाकछोप गरि पैसाको चलखेल हुने गरेकोले त्यस्ता कार्यमा संलग्न सबै जना कानुनको नजरमा अपराधी भएको उनले बताए ।

 

अशिक्षित समुदाय, बिपन्न बर्गलाई समेत  जबर्जस्ती करणी समाजिक अपराध हो भनेर जनचेतना जगाउनु पर्नेमा प्रहरी बरिष्ठ उपरीक्षक उपाध्यायले जोड दिए ।

 

जबर्जस्ती करणी घटना हुनु भन्दा अगाडि नै यसको रोकथाममा  हामी सबै जुटनु पर्ने ,त्यसका लागी अन्तर्कृया कार्यक्रम ,यौनजन्य हिंसा नियन्त्रण कार्यक्रम गाउघरमा चलाउनु पर्नेमा उनले जोड दिए  । जिला प्रहरी कार्यलय बारा बाट निकालियको जनचेतनामूलक ¥याली कलैया बजार परिक्रमा गरि भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

  कार्यक्रम लाई समबोधन गर्दै बाराको सहायक प्रमुख जिला अधिकारी मुकेश कुमार केशरीले  जबर्जस्ती करणीको घटना वैदेशिक रोजगार ,समाजिक सजालमा लेनदेनको कारण  बढेको बताए  ।

 

जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न नागरिक समाज ,बिभिन्न संघ सस्था ,नेपाल प्रहरी सबैको साझा दायित्व भएको उनले बताए । जनचेतनामूलक कार्यक्रममा  बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवार महिला अधिकारकर्मी बबिता जैसवाल ,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास ,सामुदायिक प्रहरीका जगबहादुर यादव ,हरिओम कुशवाहा ,चुमनबाबु केवट ,लगायतले  आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रम को सचालन प्रहरी निरिक्षक दिपक गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.