logo

लायन्सद्वारा क्यान्सर पीडितलाई एकलाख सहयोग हस्तान्तरण

      3/29/2018 गते 00 00 मा प्रकाशित     1055   पटक पढिएको

वीरगंज, १५ चैत्र ।
क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ ।

सेवा नै धर्म हो भन्ने लायन्सको उक्तिलाई चरितार्थ गर्दै महिलाहरूको संस्था लायन्स क्लव वीरगंज गोल्डन स्पैरो वीरगंज गोल्डन स्पैरोका युवा अध्यक्ष आरती विकास चौधरीले निकटवर्ती संस्था नेपाल ओरिक हिलिंग तथा विभिन्न श्रोतबाट संकलन गरी   एक लाखको नगद हस्तान्तरण गरिएको हो ।

 

दुई वर्ष देखि ब्लड कैंसर पीड़ित वीरगंज निवासी बालिका श्रेया पटेललाई सहयोग राशी प्रदान गरिएको लायन्स क्लवका एम्बेसडर अफ गवर्नर उमेश साह कानुले बताए।

 

लायनका अन्तर्राष्ट्रिय व्यक्तित्व तथा नेपाल लायन्स समुदायका प्रेरणाका श्रोत इंजिनियर संजय खेतानले चंडीगढ़ उपचरार्थ भर्ना भएकी बालिकाका पिता बलिराम प्रसादलाई सो चेक प्रदान गरेका हुन । 

 

चेक हस्तान्तरण गर्दै लायन्सका पूर्व अन्तराष्ट्रीय गर्वनर खेतानले मानव सेवा र लायन्स एक अर्काका पूरक रहेको चर्चा गर्दै मानवीय सेवामा लायन्सको यो खाले भूमिका सदा सर्वदा रहीरहने बताए । 

 


समाहरोहमा एम्बेसडर अफ गवर्नर उमेश साह कानु, सक्रिय युवा बचत संस्थाका अध्यक्ष पीयूष कादमिया, लायन्स ग्रीनका अध्यक्ष रिकेश साह, लायन्स राइजिंगका रवी सर्राफ, लायन्स स्वता गोयन्का, पुरुषोत्तम गुप्ता लगायतले  सरहानीय काम गरेकोमा प्रशंसा गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.