logo

छोरी हत्याको अरोपमा आमा बुवा गिरफ्तार

      3/29/2018 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको

बीरगंज १५ चैत ।
१६ वर्षिया छोरी नेहा वर्णवालको हत्या गरेको अरोपमा पर्सा प्रहरीले चैत १४ गते  वीरगंज महानगरपालिका वडा नं . १५ भिषूवा निवासी ४९ वर्षीय सत्यनारायण वर्णवाल र ३० वर्षीय गीता कुमारी वर्णवाललाई गिरफतार गरेको छ ।

 

उनीहरुलाई १५ गते प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनीक गरेको हो ।प्रहरी अनुसार फागुन १३ गते वर्णवाल दम्पतिले छोरी नेहाको हत्या गरी भारतमा लगेर सतगद गरेका थिए ।

 

हत्या गरेपछि छिमेकीलाई  चाल नदिइकन बीरगंजको रानीघाटमा लगेका थिए । रानीघाट बीरगंजको प्रसिद्ध शमशासनघाट पनि हो । बर्णवाल दम्पतीले सोही ठाउमा भारतीय एम्बुलेन्स गाडीमा राखी छोरीको शव भारत रक्सौलमा पु¥याई शव जलाउन लगाएका थिए ।

 

एक जनालाई ६ हजार रुपैया भूक्तानी दिएर शव जलाउन लगाएको अनुसन्धानको क्रममा खुलेको पर्साका एसपी डा.गणेश रेग्मीले बताए  ।  

छरछिमेकका व्यक्तिहरुले छोरीको बारेमा सोधपुछ गर्दा नेहा भारतमा  फुपूको घर गएको वर्णवाल दम्पतीले बताउने गरेका थिए । धेरै दिन पछि पनि नेहा घर नफर्के पछि स्थानीयवासीले चैत १३ गते प्रहरीलाई नेहा नभएको कुरा सूचना दिदै अनुसन्धान गष्र्न आग्रह गरेपछि  प्रहरीले नेहाका आमा बुवालाई पक्राउ गरेको हो ।

नेहा सत्यनारायणको जेठी श्रीमती मन्जु देवी वर्णवालको सन्तान थिइन । २०६० सालमा स्टोभ पड्की जली घाईते भएकी मन्जुको काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सत्यनारायणले बहुदरमाई नगरपालिका भौराटार वडा नं .७ घर भएकी गिता देवीसंग २०६१ सालमा विवाह गरेका थिए ।

 

नेहा र उनका भाई निरज कुमार वर्णवाल सत्यनारायणको पहिलो श्रीमती मन्जुका सन्तान थिए । सत्यनारायणको दोश्री श्रीमती गीता देवीबाट पनि पनि दुई सन्तानको जायजन्म भएको छ ।

 

प्रहरी अनुसार गीताले सौतेनी छोरी नेहालाई दिनहुं गाली गलौज र शारीरिक यातना समेत दिने गरेकी थीइन । उनैले दिएको यातानको कारण नेहाको हत्या भएको आशंकामा प्रहरीले श्रीमान श्रीमतीलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.