logo

महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छै -प्रधानमन्त्री ओली 

      3/29/2018 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

काठमाडौं,१५ चैत । 
प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन  ।


नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याण महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।


“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ ” प्रधानमन्त्री ओलीले भने “मानिस मानसिक,आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महसुश गर्दछ ।

 

जब यस्ते भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ । ” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
 समाजलाई शान्तीपूर्ण गोरेटोमा हिडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

 

“२६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छ” प्रधानमन्त्री ओलीले भने “मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन् ।”
 प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताए  ।

 

“अब सबै जात,धर्म,सम्प्रदायले देश र देशबासीको हित,सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

नक्कली कागजातको भरमा अदालतमा रोक्का रहेको जग्गा बिक्री गर्ने चौधरी पक्राउ

बारा । बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा नक्कली फुकुवा पत्र बनाएर रोक्का राखेको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.