logo

पाँच दिने भोजपुरी भाषामा किताब लेखन कार्य सम्पन्न

      3/31/2018 गते 00 00 मा प्रकाशित     1627   पटक पढिएको

बीरगंज, १७ चैत्र ।
भोजपुरी भाषामा प्रारम्भिक कक्षाका लागि किताब लेखन कार्य शनीवार एक कार्यक्रमबीच होटल कुमु पैलेसमा सम्पन्न भएको छ ।


ग्रामिण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसेनको अध्यक्षता ५ दिने भोजपुरी भाषाको किताब लेखन कार्यशाला  सम्पन्न भएको हो ।

 

चैत्र १३ गते देखि शुरु भएको कार्यक्रममा सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा प्रशिक्षक पाठ्यक्रम विकास केन्द्र सानोठिमीका पाठ्यक्रम अधिकृत रजनी धिमाल, विश्व शिक्षाका कार्यक्रम ब्यवस्थापक सीमा अचार्य, कार्यक्रम अधिकृत सचिन खड्का र तालिम तथा पाठयक्रम विशेषज्ञ मोहन प्रसाद भुर्तेल  लगायतले आ आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

 

भोजपुरी भाषा २ नम्बर प्रदेशका लागि सराहनीय भाषाको रुपमा विकास होस भन्ने उद्धेश्यले प्रशिक्षण कार्यक्रम राखीएको हो ।

 

ग्रामिण विकास केन्द्र नेपाल रौतहटका कार्यकारी निर्देशक आलोक कुमार सिंहले आउदो दिनमा यस क्षेत्रका विद्यालयहरुकालागि नेपाल सरकारले भोजपुरी भाषामा किताव पाउने बताए ।

 

 उनले आवश्यक परे आउद दिनमा यस्ता खाले कार्यक्रम चलाउने सुझाएका थिए। कार्यक्रममा प्रशिक्षक, आयोजक तथा सहयोगी संस्थाका प्रतिनिधि लगायत करिब २५ जनाको सहभागिता रहेको थियो ।  

 


कार्यक्रमको सहजीकरण ग्रामिण विकास केन्द्र नेपाल रौतहटका कार्यक्रम संयोजक मोमताज राय भाटले गरेका थिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.