logo

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन सम्पन्न 

      4/3/2018 गते 00 00 मा प्रकाशित     2023   पटक पढिएको

वीरगन्ज, २० चैत्र । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको अध्यक्षमा दिलिप प्रधान सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिबेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  हो । समितिको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस लायो मगर चयन भएका छन् ।

यसगरि सदस्यहरुमा प्रकाश थारु, नन्द किशोर पन्जियार, कल्याण बहादुर हाडा, गोपीलाल श्रेष्ठ, सँगम श्रेष्ठ, मेघराज राय, सुबास आले मगर, समिना रञ्जितकारलाइ चयन गरिएको छ । अधिवेशनले चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार निरज पिठाकोटे मगर, ओमप्रकाश चौधरी, प्रेम लामा र उदय दास थारुलाई चयन गरेको छ ।

यसैगरि अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार जगत राई, दिपेश श्रेष्ठ र रशमीराज भण्डारीलाई चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष दिलिप प्रधानकोे अध्यक्षतामा सम्पन्न भएको अधिबेशनको प्रमुख अतिथि आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले उदघाटन गरेका थिए ।

कार्यक्रममा आदिबासी जनजाति जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डँगोल, प्याब्सन पर्साका अध्यक्ष छेडुप लामा, फोनिज पर्साका सल्लाहकार प्रेम लामा, थारु कल्याणकारी पर्साका कार्यबाहक अध्यक्ष नन्द किशोर पन्जियार, समाजिक अभियन्ता प्रकाश थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष जगत राईले गरेका थिए । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.