logo

शहीद पत्नीद्वय महानगर कार्यालयमा कर्मचारीको रुपमा नियुक्त

      4/16/2018 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

वीरगंज, ३ बैशाख ।  वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले समबार दुई शहीद पत्नीलाई नियुक्ति पत्र प्रदान गरेका छन ।

 

मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद दिनानाथ साह गोढको श्रीमती सोनी देवी साह र शहिद दिपेन्द्र साह तेलीको श्रीमती सिता देवी साहलाई नियुक्ति पत्र प्रदान गरेका हुन ।  

 

वीरगंज महानगरपालिकाको प्रथम नगर परिषदद्वारा मधेस आन्दोलनका शहिद तथा घाइते परिवारलाई उचित व्यवस्थापन गर्ने निर्णय अनुसार शहिदको पत्नी साह र तेलीलाई नियुक्ति पत्र प्रदान गरिएको महानगरले जनाएको छ । 

 

मधेस आन्दोलनमा प्रहरीको गोलि लागि ज्यान गुमाएका पर्सा झौवागुठि निवासी शहिद दिपेन्द्र साह तेलीको श्रीमती सिता देवी साह र बारा पर्सौनी निवासी शहिद दिनानाथ साह गोढको श्रीमती सोनी देवी साहलाई वीरगंज महानगरपालिका कार्यालयमा सेवा करार अन्तर्गत  नियुक्त भएका हुन ।

 

 साहलाई महानगरपालिकाको नगर प्रहरी र सीता देवी साहलाई महानगरपालिका कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्त गरिएको हो । 

 

शहिद दिपेन्द्र साहको मधेस आन्दोलन २०६३ को क्रममा प्रहरीको गोली लागि वीरगंजको राधेमाईमा मृत्यु भएको थियो भने शहिद दिनानाथ साह गोढको मधेस आन्दोलन २०७२ को क्रममा लक्षुमनवा चोकमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.