logo

चर्पी नहुने सेवाग्राहीलाई वडा बाट दिइने सेवामा बन्देज

      4/17/2018 गते 00 00 मा प्रकाशित     1173   पटक पढिएको

सीमरा ४ बैशाख । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ लाई खुलादिशामुक्त बनाउने अभियान अन्तर्गत मंगलबार वडाको जैतापुर स्थित स्थानीय विद्यालय परिसरमा वडास्तरीय भेला सम्पन्न भएको छ ।

 

जितपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको भेलाका सहभागीहरुले अहिले सम्म चर्पी नबनाउने परिवारलाई यही बैशाष मसान्त सम्म चर्पी बनाउन अन्तिम मौका दिने निर्णय गरेको छ ।

 

भोलीबाटै  अभियानलाई प्रभावकारी बनाउन सरसफाई कार्ड वितरण गर्ने, जनचेतना अभियान चलाउने समेत निर्णय गरेको छ ।

 

तोकीएको अवधिमा चर्पी बनाउन अटेर गर्ने परिवारका सदस्यहरुको आगामी जेठ १ गतेदेखी वडाबाट प्रदान गरिने सेवामा बन्देज लगाउने सम्मको निर्णय भएको वडा नं.१७का अध्यक्ष नवराज खड्काले जानकारी दिए ।

 

खड्का अनुसार स्थानीय संघ संस्था, सुरक्षा निकाय ,स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रबाट पाउने सेवासुविधामा पनि अंकुश लगाउन सक्ने सम्मको अधिकार भेलाले दिएको छ ।

 

अध्यक्ष खड्काको संयोजकत्वमा स्थानीय संघसंस्था, सेवा प्रदायक निकायका प्रतिनिधि,जनप्रतिनीधिहरु सम्मीलित २३ सदस्यीय सरसफाई स्वच्छता समिति गठन गरिएको छ ।

 

वडा नं. १७ मा ८सय घरधुरी रहेकोमा ५सय २३ मा चर्पी भएपनी ३ सय ६५ घरमा चर्पी नरहेको कार्यक्रमका सहजकर्ता सरसफाई प्रज्वलक सुशिल चौधरीले बताए ।

 

विशेष गरि जैतापुर र रामनगरको रघुनाथपुर चौधरी तथा दलित बस्तीमा ७५ प्रतिशत घरमा चर्पी नभएको चौधरीले बताए । भेलामा सरसफाई अभियानका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रनिनीधि एवं सामाजिक अगुवाहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.