बीरगंज ९ जेठ ।
पटेर्वा सुगौली गाउँपालिकाको आयेजनामा एक हप्ते बेमोसमी तरकारी उत्पादन तालिम बुधवार समापन भएको छ । तालिममा गाउँपालिकाका पाँच बटै वडाबाट किसानहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन संगै तालिममा सहभागि किसानलाई कोदालो बीउ र प्रमाणपत्र बितरण गरिएको सोलेन्द्र पंजियारले जाकारी दिएका छन । तालिमको समापन समारोहमा गाउँपालिका प्रमुख हरिनारायण चोधरीले किसानलाई गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बचन दिएका छन ।
उनले समृद्ध गाउँ निर्माणकालागि नागरिकको समृद्धि आवश्यक रहेको बताउदै त्यसकोलागि सबै किसानले आर्थिक उपार्जन अगर्न अवश्यक रहेको बताए । जनता खुशी भए गाउँपालिकामा शान्ति र समृद्धि आउने बताए ।
उनले जनता दुखी भए शान्ति पनि नहुने र बिकास पनि नहुने बताए । गाउँपालिका भित्रका सबै जनताको बिकासनै आफूहरु एक मात्र उद्धेश्य रहेको चर्चा गर्दै उनले हरेक क्षेत्रमा सीप बिकासकालागि काम गरिने बताए ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख ममता महतो,प्रशासकीय अधिकृत बाबुराम न्यौपाने कृषि शाखा प्रमुख वार्ड अध्यक्ष फरमान मिया अन्सारी सूचना प्रविधि अधिकृत नरेश जयसवाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया