logo

बीरगंज कारागारबाट गणतन्त्र दिवसको अवसरमा २० कैदी बन्दी छुटे

      5/29/2018 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

बीरगंज १५ जेठ ।
११ औं गणतन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका २० जना कैदी बन्दीहरुलाई कारागार मुक्त गरिएको छ ।

 

नेपाल सरकारको मन्त्री परिषदको आज सम्पन्न वैठकले गृहमन्त्रालयले चाल चलन ठिक भएका, आधा अवधि भन्दा बढी कैद भुक्तान गरि सकेका कैदी बन्दीहरुलाई कारागार मुक्त गर्न गरेको सिफारिस अन्तरगत निजहरुलाई आज मुक्त गरिएको विरगंज कारागारका प्रमुख चक्रपाणी गौतमले बताउनु भयो ।

 

कारागार मुक्त हुनेमा महोत्तरीका विरेन्द्र सिंह, सर्लाहीका विरेन्द्र चौधरी, महोत्तरीका भोला यादव, सर्लाहीका राम विनोद राय, वाराका शेषनाथ साह, सगावल राउत अहिर, जिम्दार प्रसाद यादव, प्रभा देवी सोनार, पर्साका लालाबाबु खान, ब्रम्हदेव राउत कुर्मी, मकवानपुरकी साईली माया विक, देवमाया लामा लगायतका रहेको छन् ।

 

कारागारबाट मुक्त भएकाहरुले आज पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका सुरक्षा अधिकारीहरुसँग भेटघाट गर्दै विगतको भन्दा हाल कारागार व्यवस्थित र सुधार भएको प्रतिक्रिया दिएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.