logo

सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति आउछ - प्रजिअ पौडेल

      5/31/2018 गते 00 00 मा प्रकाशित     1431   पटक पढिएको

बीरगंज १७ जेठ । 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम बिहिवार मुरली बगैंचा बीरगंजमा सम्पन्न गरेको । 


ब्रह्माकुमारी रविना दिदीले आजको दिनमा विश्वमा शान्ति अहिंसा र भाइचाराको स्थापनाकालागि संसारभर जनचेतना मुलुक कार्यक्रम गरिएको जानकारी दिइन । दिदीले सकारात्मक चिंतन र आन्तरिक शक्तिको विकास गरी धुम्रपान लगायत जुनसुकै कुलत या विसंगतिबाट पनि दिर्घकालीन मुक्ति हासिल गरी आफ्नो अमुल्य जीवनको आनन्द लिन सक्ने बताइन  ।

तम्बाकु मुक्ति जनचेतनामूलक चित्र प्रदर्शनी समेत गरीएको उक्त अवसरमा पर्सा प्रजिअ लोक नाथ पौड्याल र प्रहरी उपरिक्षकहरु त्रय (जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक समेत) लाई ब्रह्माकुमारी रविना दिदीले पुष्पगुच्छा र ईश्वरीय सौगात प्रदान गरी स्वागत गरेकी थिइन । 

कार्यक्रममा प्रजिअ लोक नाथ पौड्यालले समाजमा शान्ति सुव्यस्था र अमनचयनको स्थापना गरी नागरिकहरुलाई विकृति विसंगतिबाट मुक्त गराई सुरक्षित र स्वतन्त्रतापूर्वक जीवनयापन गराउने प्रशासनकोे जिम्मेवारी रहेको बताए ।

 

सुसंगत समाज निर्माणकालागि ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रहरुबाट विभिन्न अवसरमा आयोजना गरिने यस्ता जनचेतनामूलक तथा आध्यात्मिक कार्यक्रमहरुबाट निकै सहयोग पुग्नेहुदा यो निकै सराहनिय र समय सान्दर्भिक रहेको बताए  । उनले  संस्थाद्वारा प्रदान गरिने सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति खुशी र आनन्दको अनुभूति गर्न सकिने बताए  ।


कार्यक्रममा प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका प्रहरी उपरिक्षक टिका प्रसाद पोखरेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणाको सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

जलनबाट व्यवसायी रावतको निधन

काठमाडौँ ।  बुद्धनगरका ४५ वर्षीय  व्यवसायी अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.