logo

सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका महिलाहरू आकर्षित

      5/31/2018 गते 00 00 मा प्रकाशित     1468   पटक पढिएको

बीरगंज १७ जेठ । सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन् ।सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ठोरी गापाले १ न देखि ४ न वडासम्मका महिलाहरूको लागि सन्चालन गरिरहेको २० दिने गुडिया तथा कुसन बनाउने तालिममा उल्लेख्य महिला सहभागी भएसंगै त्यसक्षेत्रका महिलाहरूमा सिपमुलक तालिमप्रति आकर्षण बढेको हो।


ठोरी गापा अन्तर्गत पर्ने भारतसँग सिमाना जोडिएको साबिकको निर्मलबस्ती र ठोरी गाबिसमामात्र  सिमा क्षेत्र विकास कार्यक्रम लागू छ।

महिलाहरुलाई स्वरोजगार बनाई आयआर्जन गर्न र महिला सशक्तीकरणका लागि सिपमुलक तालिमको व्यवस्था गरिएको ठोरी गापाका अध्यक्ष पि.एल.श्रेष्ठले बताए।यसबर्ष समय अभावका कारण महिला सशक्तीकरणका लागि धेरै कार्यक्रमहरु गर्न नसकिएकाले आगामी आर्थिक बर्षमा बिपन्न वर्ग,युवा , महिला,दलित र समाजमा पछि पारिएकाहरुका लागि विभिन्न स्वरोजगारमुलक तालिमहरु सन्चालन गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।

 

आफ्नो ध्यान सधैं समाजमा पछि पारिएका बर्गको उत्थानमा हुने बताउँदै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर स्वालम्बी बन्न सबै महिलाहरूसंग आग्रह गरे।

पर्सा सामुदायिक केन्द्रले गत जेठ ८ गतेदेखि ४ ओटै वडाको वडा कार्यालयहरुमा सो तालिम संचालन गरिरहेको छ।२० दिनको तालिम अबधिमा पहिलो दस  दिन गुडिया र दोस्रो दस दिन कुसन निर्माण गर्न सिकाइने तालिम प्रदायक सामुदायिक केन्द्रका अध्यक्ष प्रभात मिश्रले जानकारी दिए।उनका अनुसार सबै वडामा फरकफरक मितिमा तालिम सुरु गरिएकाले असारको दोस्रो साता मात्र तालिम सम्पन्न हुनेछ ।

 

तालिमपश्चात आयआर्जनको राम्रो माध्यम गुडिया र कुसन बन्न सक्ने बताउँदै केन्द्रका अध्यक्ष मिश्रले भारतसंग सिमाना जोडिएका चार ओटै वडाका गरि दुई सय जना भन्दा बढी महिलाहरु तालिममा सहभागी रहेको जानकारी दिए।

सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत गापाले चालू आर्थिक बर्ष २०७४ ७५ मा रु १० लाख ६१ हजार बजेट सो तालीमका लागि छुट्टाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.