logo

सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका महिलाहरू आकर्षित

      5/31/2018 गते 00 00 मा प्रकाशित     1124   पटक पढिएको

बीरगंज १७ जेठ । सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन् ।सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ठोरी गापाले १ न देखि ४ न वडासम्मका महिलाहरूको लागि सन्चालन गरिरहेको २० दिने गुडिया तथा कुसन बनाउने तालिममा उल्लेख्य महिला सहभागी भएसंगै त्यसक्षेत्रका महिलाहरूमा सिपमुलक तालिमप्रति आकर्षण बढेको हो।


ठोरी गापा अन्तर्गत पर्ने भारतसँग सिमाना जोडिएको साबिकको निर्मलबस्ती र ठोरी गाबिसमामात्र  सिमा क्षेत्र विकास कार्यक्रम लागू छ।

महिलाहरुलाई स्वरोजगार बनाई आयआर्जन गर्न र महिला सशक्तीकरणका लागि सिपमुलक तालिमको व्यवस्था गरिएको ठोरी गापाका अध्यक्ष पि.एल.श्रेष्ठले बताए।यसबर्ष समय अभावका कारण महिला सशक्तीकरणका लागि धेरै कार्यक्रमहरु गर्न नसकिएकाले आगामी आर्थिक बर्षमा बिपन्न वर्ग,युवा , महिला,दलित र समाजमा पछि पारिएकाहरुका लागि विभिन्न स्वरोजगारमुलक तालिमहरु सन्चालन गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।

 

आफ्नो ध्यान सधैं समाजमा पछि पारिएका बर्गको उत्थानमा हुने बताउँदै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर स्वालम्बी बन्न सबै महिलाहरूसंग आग्रह गरे।

पर्सा सामुदायिक केन्द्रले गत जेठ ८ गतेदेखि ४ ओटै वडाको वडा कार्यालयहरुमा सो तालिम संचालन गरिरहेको छ।२० दिनको तालिम अबधिमा पहिलो दस  दिन गुडिया र दोस्रो दस दिन कुसन निर्माण गर्न सिकाइने तालिम प्रदायक सामुदायिक केन्द्रका अध्यक्ष प्रभात मिश्रले जानकारी दिए।उनका अनुसार सबै वडामा फरकफरक मितिमा तालिम सुरु गरिएकाले असारको दोस्रो साता मात्र तालिम सम्पन्न हुनेछ ।

 

तालिमपश्चात आयआर्जनको राम्रो माध्यम गुडिया र कुसन बन्न सक्ने बताउँदै केन्द्रका अध्यक्ष मिश्रले भारतसंग सिमाना जोडिएका चार ओटै वडाका गरि दुई सय जना भन्दा बढी महिलाहरु तालिममा सहभागी रहेको जानकारी दिए।

सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत गापाले चालू आर्थिक बर्ष २०७४ ७५ मा रु १० लाख ६१ हजार बजेट सो तालीमका लागि छुट्टाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.