logo

उचित उपचार नपाएको भन्दै पशुपालक किसानको गुनासो 

      6/9/2018 गते 00 00 मा प्रकाशित     1109   पटक पढिएको

बीरगंज  २६ जेठ । 

सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका पशु किसानले उचित उपचारको अभावमा आफना बस्तु भाउ मरेको भन्दै गुनासो गरेका छन । मानव अधिकार निगरानी समुह मधुवन मथवलले शनिवार अयोजना गरेको ब्यवसायीक पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो गुनसो गरेका हुन । 


उनीहरुले बस्तु भाउ बिरामी हुदा पशु प्राविधिकलाई बोलाउदा समेत नआउने गरेको बताए । उनीहरुले स्थानीय तहले पशु किसानहरुकालागि दिने सेवा सुविधाका बिषयमा आफूहरु अनभिज्ञ रहेको बताए । 


स्थानीय तहमा सबै सुविधा आयो भनिएको छ तर आफूहरुले त्यस्तो अनुभूती गर्न नपाएको औराहका हेम सिलवालले बताए । 


पशु प्राविधिकहरुको सेवा प्रभभावकारी हुनुका साथै राज्यले दिने सुविधाका बारेमा किसानलाई जानकारी दिनु पर्ने उनीहरुको माग थियो । सखुवा प्रसौनी गाउँ पालिकामा ३ जना पशु प्राविधिकहरु कार्यरत रहेका छन । त्यस मध्य अमित कुश्वाहाले वडा नं २ र ३ मा सेवा दिदै आएको बताए ।

 

उनले अन्तरक्रिया कार्यक्रममा हरेक हप्ताको आइतवार सोमवार र मगंलवार मधुवन मथवलमा बसेर सेवा दिने प्रतिवद्धता जनाए । 


कार्यक्रममा स्थानीय पशु कृषकहरुले पशुमा लाग्ने रोगहरु त्यसको लक्षण उपचार बिधि र स्थानीय सरकारले दिने अनुदान लगायतका बिषयमा जिज्ञासा राखेका थिए । 


स्थानीयको जिज्ञासाको जवाफ गाउँपालिकाका तर्फबाट पशु प्राविधिक अमित कुशवाहाले दिएका थिए । उनले बस्तु भाउको गोवर जाँच्ने यन्त्रको अभाव रहेको बताउदै लक्षणका आधारमा औषधी उपचार गर्नु पर्ने अवस्था आएको बताए ।उनले उत्पादनलाई बढवा दिनकोलागि सुरक्षती ब्यवसायकोलागि मिश्रीत पशुपालन नभई एकल पशुपालनमा ध्यान दिन किसानलाई आग्रह गरे ।

 

उनले बर्षको चैत र बैशाख महिनामात्र भ्याक्सीनकालागि उपयोगी महिना भएको चर्चा गर्दै बस्तुभाउको स्वास्थ्यमा ध्यान दिन समेत उनले सुझाए । उनले किसानको बस्तुभाउको उपचारकोलागि आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । तपाइृहरुले खवर गर्नुहोस उनले भने म आउन सकिन भनेपनि अर्को प्राविधिक पठाउने छौ ।


कार्यक्रममा वाडाध्यक्ष बिश्वानाथ पटवारीले गत वर्ष बजेट कम बिनियोजन भएकोमा यो वर्ष योजना छनौटमा ध्यान दिने बताए । उनले पशु चिकित्साकालागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिइने प्रतिवद्धता जनाए । 

 


मानव अधिकार निगरानी समुहका अध्यक्ष दिनेश तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका पर्सा प्रतिनिधि के.सी.लामिछाने मानव अधिकार निगरानी समुहका कोषाध्यक्ष तुलसा अधिकारी,सदस्य संचीता बुढाथोकी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.