logo

सीमा क्षेत्र नजिक रक्सीभठ्ठीहरु मौलाउदै

      6/14/2018 गते 00 00 मा प्रकाशित     1680   पटक पढिएको

कृष्णमोहन साह
सेढवा ३१ जेठ ।
भारतको बिहारसंग सीमा जोडिएको पर्साको ग्रामीण भेगका गाँउहरुमा पर्ने दशगजा क्षेत्रमै अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएका कारण स्थानीयवासीलाइ समस्या भएको छ ।

 

बिहारसंग सीमा जोडिएको पर्साको मिर्जापुर गाविसको भलुवहीया, सम्भौता गाविसको भेडिहर्वा , टिहुकी र चरगाहा , जयमंगलापुर गाविसको छोटकी जयमंगलापुर, जानकीटोला गाविसको दशौता , महादेवपट्टी गाविसको बलुवा , पिडारीगुठी गाविसको बिसुनपुरवा र भिस्वा मा  पर्ने दशगजा क्षेत्रमै मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा ल्याइएको हो ।

 

भारतको बिहारमा त्यहाको सरकारले डेढ  वर्ष पहिला देखि मदिराको उत्पादन , बिक्री वितरण , सेवन र ओसारपसरमा प्रतिबन्ध लगाएपछि दशगजा क्षेत्रमा अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएको हो । बिहारमा मदिरा माथि प्रतिबन्ध लगाइएपछि जिल्ल सुरक्षा समिति पर्साले दगशजा क्षेत्रको पाच सय मिटर भित्र पर्ने स्थानमा कुनै पनि किसिमको मदिरा पसल , रक्सीको होटल र भट्टी सन्चालन गर्न नपाइने निर्णय गरे पनि दशगजा क्षेत्रमै अहिले अत्याधिक संख्यामा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा ल्याइएको छ ।

 

बिहारबाट मदिरा सेवन गर्न आउने भारतीयहरुको संख्या बढेपछि दगशजा क्षेत्रमा मदिरा पसल र रक्सी भट्टीहरुको पनि संख्या बढेको स्थानीयवासीले बताएका छन् ।

 

बिहारबाट आउने भारतीयहरुले राति अबेर सम्म मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका कारण गाँउसमाजको वातावारणमा नै खलल पुगेको गाँउलेहरुले बताएका छन् । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन लिम्बूले भने पर्साको ग्रामीण भेगमा पर्ने दशगजा क्षेत्रमा खुलेका मदिरा पसल र रक्सी भट्टीहरु हटाउनका लागि आफुहरुले छिटट्टै अभियान नै चलाउने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.