logo

सीमा क्षेत्र नजिक रक्सीभठ्ठीहरु मौलाउदै

      6/14/2018 गते 00 00 मा प्रकाशित     1879   पटक पढिएको

कृष्णमोहन साह
सेढवा ३१ जेठ ।
भारतको बिहारसंग सीमा जोडिएको पर्साको ग्रामीण भेगका गाँउहरुमा पर्ने दशगजा क्षेत्रमै अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएका कारण स्थानीयवासीलाइ समस्या भएको छ ।

 

बिहारसंग सीमा जोडिएको पर्साको मिर्जापुर गाविसको भलुवहीया, सम्भौता गाविसको भेडिहर्वा , टिहुकी र चरगाहा , जयमंगलापुर गाविसको छोटकी जयमंगलापुर, जानकीटोला गाविसको दशौता , महादेवपट्टी गाविसको बलुवा , पिडारीगुठी गाविसको बिसुनपुरवा र भिस्वा मा  पर्ने दशगजा क्षेत्रमै मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा ल्याइएको हो ।

 

भारतको बिहारमा त्यहाको सरकारले डेढ  वर्ष पहिला देखि मदिराको उत्पादन , बिक्री वितरण , सेवन र ओसारपसरमा प्रतिबन्ध लगाएपछि दशगजा क्षेत्रमा अवैध रुपमा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा आएको हो । बिहारमा मदिरा माथि प्रतिबन्ध लगाइएपछि जिल्ल सुरक्षा समिति पर्साले दगशजा क्षेत्रको पाच सय मिटर भित्र पर्ने स्थानमा कुनै पनि किसिमको मदिरा पसल , रक्सीको होटल र भट्टी सन्चालन गर्न नपाइने निर्णय गरे पनि दशगजा क्षेत्रमै अहिले अत्याधिक संख्यामा मदिरा पसल र रक्सी भट्टीहरु सन्चालनमा ल्याइएको छ ।

 

बिहारबाट मदिरा सेवन गर्न आउने भारतीयहरुको संख्या बढेपछि दगशजा क्षेत्रमा मदिरा पसल र रक्सी भट्टीहरुको पनि संख्या बढेको स्थानीयवासीले बताएका छन् ।

 

बिहारबाट आउने भारतीयहरुले राति अबेर सम्म मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका कारण गाँउसमाजको वातावारणमा नै खलल पुगेको गाँउलेहरुले बताएका छन् । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन लिम्बूले भने पर्साको ग्रामीण भेगमा पर्ने दशगजा क्षेत्रमा खुलेका मदिरा पसल र रक्सी भट्टीहरु हटाउनका लागि आफुहरुले छिटट्टै अभियान नै चलाउने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.