logo

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

      6/15/2018 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

बीरगंज  १ असार ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा २२ वर्षिया  महिला सन्जु देवी  र उनकी नौ महिने छोरी रिया साहलाई  जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ । 

घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् ।

उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको छ ।  नारायणी उपक्षेत्रीय अस्पतालमा  उपचार हुन नसकेपछि दुवै आमा छोरीलाई शुक्रवारै काठमाण्डौ लगिएको छ । उनीहरुको काठमाडौंको कीर्तिपूरमास्थित बर्निङ सेन्टरमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छन । 


सन्जु देवीको घाटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाटीमा पत्तीले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको पर्साका डिएसपी राजन लिम्बूले बताए । 

प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन् । तर सन्जु देवीका ससुरा  ४८ वर्षिय लक्ष्मीप्रसाद साहले सन्जु देवी आफैले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका  छन् ।  

 

घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन् । प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई शुक्रवारै गिरफ्तार गरेको छ । प्रहरीले घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.