logo

अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्र तयारी,घर घरमा कम्तिमा ५ वटा दिप बाल्न महानगरवासीमा अपिल

      2/12/2019 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

वीरगन्ज २९ माघ ।
नेपालमै पहिलो पटक  हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्ररुपमा तयारी भईरहेको छ । यही फाल्गुन १९ गते २२ देखि सम्म वीरगन्जको आदर्शनगरमा हुन गईरहेको महायज्ञको तयारीमा महानगरवासीको सहभागिता बढदो छ  ।  


महायज्ञ सफल बनाउन स्थानीयले समय दान, अंश दान र साधना दानको माध्यमले योगदान गरेका छन । महायज्ञ अघि वीरगन्जमा कलश यात्रा भव्य रुपमा निकाल्न स्थानीय जनप्रतिनिधि समेत लागि परेका छन । 


कलश यात्रा गर्न गठित व्यवस्थापन समितिले मंगलबार वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको जनप्रतिनिधिको भेलामा वडाअध्यक्षहरुले महायज्ञ सफल बनाउन आफनो स्तरबाट कुनै कसर बाकी नराख्ने बताए । 


भेलामा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले महायज्ञ  जिल्लाको मात्र नभई समग्र मुलुकै समृद्धिको लागि भएकोले  सफल बनाउन वडावासीले सहयोग गर्ने प्रतिबद्धता जनाए । 


भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले महायज्ञ सफल बनाउन आफनो वडामा रहेको विभिन्न संघ सस्थाको सहकार्यमा व्यापाक प्रचार प्रसार गरी जागरुकता फैलाउने बताए । उनले आफनो श्रोत र साधनको सदुपयोग गरी महायज्ञमा वडाबाट उल्लेखनिय सहभगिता गराउने समेत बताए । 


वडा नम्बर २, ३, १३, १४ लगायत ३२ वडाका वडाअध्यक्षहरु  शेख अब्बास, बैजु स्वर्णकार, तुफान अंसारी, भरत महतो लगायतकाले महायज्ञ सफल बनाउन आपनै श्रोतबाट स्थानीयहरुलाई व्यापक रुपमा कलश यात्रामा सहभागिता जनाउने जनाएका हुन । कार्यक्रममा समितिका संयोजक भोला प्रसाद कलवारले महायज्ञ शुरु हुने दिन विहान ८ बजेदेखि वीरगन्जको घण्टाघर चोकबाट कलश यात्रा निकालिने जनाए । 


करिब ६ हजारको सहभागितामा निकालिने कलश यात्रा माईस्थान, आर्दशनगर, अलखिया मठ, कैलाश चौक हुदै आर्दशनगर रगंशालामा आयोजना हुने महायज्ञ स्थलमा पुगि कलश स्थापना गरिने बताए । 


उनले वास वस्न ठाकुराम क्याम्पसका दुबै छात्रावास र घण्टाघर नजिकै रहेको खाली जग्गा गरी ४ लाख ५० हजार स्क्वायर फिटको टेन्ट बनाउने काम भईरहेको बताए ।

 

सुरक्षाको दृष्टीकोणले पर्साको सुरक्षा सहित थप १ हजार सुरक्षार्कीहरुलाई बाहिरबाट झिकाउने काम भईरहेको छ, त्यसैगरी टाउनहल नजिकै रहेको बालमन्दिरमा पनि दैनिक ५० हजार श्रद्धालुहरुको लागि खाना खाने व्यवस्था मिलाईएको छ भने अन्य नगरको विभिन्न १० ठाउँमा थप भण्डारा संचालन गरिने छ, १५० भन्दा बढी शौचालय पनि निर्माण भईरहेको छ, महानगरको सरसफाईलाई पनि ध्यानमा राखी महानगरको सफाई कर्मचारी सहित निजि सस्थालाई पनि सरसफाईमा जुट्न पहल गरिने महानगरप्रमुख बिजय सरावगीले बताए । त्यसैगरी २१ गते महायज्ञ स्थलमा २४ हजार दिप बाल्ने  मेयर सरावगीले हरेक घर घरमा कम्तिमा ५ वटा दिप बाल्न नगरवासीमा अपिल समेत गरे  भेलामा शक्ति पिठ नेपालका प्रभारी वोयेन्द्र सिंहले वीरगन्जमा वैज्ञानिक ढंगले हुन गईरहेको महायज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुने बताए ।

 

मनुष्यमा हुने शारिरीक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने प्रभावकारी माध्यमपनि हो उनले भने, यज्ञबाट एउटा सात्विक वातावरण तयार हुन्छ, यसले गर्दा मानिसको आध्यात्मिक विकासमा अत्यन्त लाभदायि हुने छ । 
ब्रहमावादणी टोलीका श्यामा राठोरले एउटै विचार र लक्ष्य लिएर महिलाहरु संगठीत भई अगाडी बढे महायज्ञ सफल हुने बताए ।

 

सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेकोले यसलाई सफल बनाउन महिलाहरुलाई उल्लेखनिय सहभागिता जनाउन अपिल समेत उनले गरे । समितिका संयोजक कलवारको अध्यक्षतामा सम्पन्न भेलाममा महानगरका उप मेयर शान्ति कार्की, शक्ति पीठ वीरगन्जका कार्यकर्ता, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.