विरगंज , ६ फागुन ।
“मुख्यमन्त्री बेटी पढाई, बेटी बचाई ”अभियान अन्तरर्गत छोरी शिक्षा विमा मुद्धती बचत खाता कार्यक्रम राष्ट्रपती बिद्यादेवी भण्डारीले समुदघाटन तथा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।
फाल्गुण ९ गते बिहिवारका दिन त्रिजुद्ध माविको प्राङ्गणमा आयोजना हुने बिशेष समारोहमा अभियानको राष्ट्रपती विद्यादेवी भण्डारीले समुदघाटन गर्ने कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
प्रदेश नम्बर २ को सरकारको आयोजनामा हुन लागेको अभियान शुभारम्भ समारोहलाई सार्थक बनाउन जिल्ला समन्वय समितिको कार्यकक्षमा बसेको बैठकले यस क्षेत्रको संस्कृतिक, सभ्यताको बारेमा जानकारी गराउने उदेश्यका साथ कार्यक्रम सफल पार्न निर्णय गरिएको संघिय समाजवादी फोरम नेपालका सांसद सांसद प्रदिप यादवले बताए ।
विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा भएको बैठकले कार्यक्रम सफल पार्न आजैबाट पार्टीका हरेक प्रतिनिधिहरुलाई निर्देशन दिइएको सांसद यादवले बताए ।
तपाईको प्रतिक्रिया