logo

नेपाल फोटो पत्रकार महासंघ प्रदेश संयोजकमा राम सर्राफ सर्वसम्मत

      2/26/2019 गते 00 00 मा प्रकाशित     2048   पटक पढिएको

जनकपुर, १४ फागुन । नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन भएका छन । आज जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो । 

प्रदेश नम्बर २ का भौतिक योजना तथा यातायात विकासमन्त्री जितेन्द्र सोनल, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको घोषणासभामा सर्राफ सर्वसम्मत चयन भएको जानकारी दिइएको हो । 

संयोजकमा चयन भएपछि संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागिपर्ने बताए । फोटो पत्रकाहरुको पेशगत चुनौती समाधान र प्रवद्र्धनका लागि सरोकारवाला निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे । 

सहसंयोजकमा फोटो पत्रकार पंकज श्रेष्ठ चयन भएका छन । सचिवमा फणि महत, सहसचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन हुनुभएको छ । पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मन्त्री सोनलले कार्यकाल सफलताको कामना ब्यक्त गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.