logo

महायज्ञको तयारीमा स्थानीयको श्रमदान, यज्ञ सफल बनाउँन उत्साह पूर्वक सहभागिता

      2/26/2019 गते 00 00 मा प्रकाशित     1144   पटक पढिएको

वीरगन्ज १४ फागुन  ।
वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको तयारीमा स्थानीय समेत जुट्न थालेका छन । आर्दशनगर स्थित रगंशालामा आयोजना हुने गायत्री महायज्ञको तयारीमा स्थानीय महिला, पुरुष, युवा, युवती तथा बालबालिका समेत श्रमदानमा जुटेका हुन । 

 


महायज्ञको लागि २ सय ५१ कुण्ड निर्माणमा स्थानीयले श्रमदान गरीरहेका छन । महिलाहरु भजनपाठ गर्दै माटो मुछिरहेका छन भने, युवा युवतीहरु कुण्ड निर्माण गर्न बनाईएको फ्रेममा माटो थुपारी रहेका छन, केहि बालबालिका समेत माटो ओसार्ने काम गरीरहेको यज्ञ स्थलमा देख्न पाइन्छ।


यज्ञमा सहभागी हुन भारत तथा नेपालको विभिन्न शहरबाट आएका सयौ पाहुनाहरु समेत यज्ञ कुण्ड निर्माणमा हातेमालो गर्दैछन ।  कुण्ड निर्माण अन्तिम चरणमा पुगेको छ, गायत्री शक्ती पीठ वीरगन्जका कार्यकर्ता धर्मेन्द्र गुप्ताले भने, आज राती सम्म कुण्ड निर्माणको कार्य पुरा गर्ने छौ, भोली देखि रगंरोहन मात्र गर्ने काम हुन्छ । 

 


अश्वमेधको महाप्रयोगबाट मानिएको यज्ञउर्जा प्रष्फुटित हुन्छ त्यसमा सर्वत्र सद्गुण, सद्भाव, सद्विचार, सत्कार्य र समताभावको स्वप्रेरणा मिल्छ र आजको नेपाल राष्ट्रलार्य यिनै विशेषणहरुको ज्वलन्त आवश्यकता छ त्यसैले हामी श्रमदान गरी देशका निम्ती पनि महायज्ञ सफल बनाउन उत्साहपूर्वक लागेको स्थानियको भनाई छ । 

 


समग्र समृद्धि, स्थायी शान्ति र अखण्ड पहिचान आज नेपाल आमाले खोजिरहेकी छिन, यस परिवेशमा अश्वमेध एक शक्तिशाली सेतु बन्द संकेत देखिएको महायज्ञमा सहभागि हुन आएका काठमाण्डौका कलम पौडेलले बताए ।


यज्ञ स्थलको कार्य अन्तिम चरणमा पुगि सेकेको छ, पण्डाल निर्माणको काम लगभग पुरा भईसकेको १६ गते भित्र पुरा तयारी अवस्थामा आयोजक समितीलाई जिम्मा लगाईने छ, पण्डालका जिम्मा लिएका जगदीश सेण्ड सर्भिस सेन्टरका संचालक जगदीश साहले बताए । 


पण्डाल भित्र अहिले बिजुलीको काम, सिसि टिभी जडानको कामको प्रकृया अगाडी बढाईएको छ । करिब ६ लाखको हाराहारीमा सहभागि हुन आउनेको सुरक्षाको निम्ती जि फोर्स सेक्युरिटी कम्पनीले पण्डाल भित्र ४० भन्दा बढी सिसि क्यामरा जडान गर्ने तयारी गरीरहेको छ । 


सेक्युरिटी कम्पनीका क्षेत्रिय प्रबन्धक प्रदीप कडेलका अनुसार हाई क्वालिटीको क्यामरा जडान सहित प्रविधियुक्त सफटवेयर जडान गरिने बताए । महायज्ञ स्थलमा प्रवेश गरिने महिला पुरुष छुट्टाछुट्टै पहिचान गरी, आफै गन्ती गर्ने प्रविधि युक्त सफटवेयर जडान गर्न लागिएको हो क्षेत्रीय प्रबन्धक कडेलले भने सुरक्षाको दृष्टीले अत्यन्तै प्रभावकारी युक्त हुने यो सफटवेयर नेपालमा पहिलो पल्ट जडान हुन लागेको बताए । 


उनले भने, अहिले सम्म यस्तो क्यामरा नेपालको कुनैपनि ठाउँमा जडान भएको छैन, यो सफटवेयर वीरगन्जमा पल्ट जडान गरेर यसको सुरुवात भईरहेको छ, विश्वास छ अत्यन्तै प्रभावकारी सुरक्षा प्रदान गर्ने छ । अत्याधुनिक सफटवेयर युक्त जडान क्यामराले पण्डाल भित्र हुने हरेक गतिविधिलाई कैद गर्न सक्छ र यसलाई  मोनिटरिङ्ग गर्ने रुमबाट कन्ट्रोल पनि गर्न सक्ने उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.