logo

महायज्ञको तयारीमा स्थानीयको श्रमदान, यज्ञ सफल बनाउँन उत्साह पूर्वक सहभागिता

      2/26/2019 गते 00 00 मा प्रकाशित     1453   पटक पढिएको

वीरगन्ज १४ फागुन  ।
वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको तयारीमा स्थानीय समेत जुट्न थालेका छन । आर्दशनगर स्थित रगंशालामा आयोजना हुने गायत्री महायज्ञको तयारीमा स्थानीय महिला, पुरुष, युवा, युवती तथा बालबालिका समेत श्रमदानमा जुटेका हुन । 

 


महायज्ञको लागि २ सय ५१ कुण्ड निर्माणमा स्थानीयले श्रमदान गरीरहेका छन । महिलाहरु भजनपाठ गर्दै माटो मुछिरहेका छन भने, युवा युवतीहरु कुण्ड निर्माण गर्न बनाईएको फ्रेममा माटो थुपारी रहेका छन, केहि बालबालिका समेत माटो ओसार्ने काम गरीरहेको यज्ञ स्थलमा देख्न पाइन्छ।


यज्ञमा सहभागी हुन भारत तथा नेपालको विभिन्न शहरबाट आएका सयौ पाहुनाहरु समेत यज्ञ कुण्ड निर्माणमा हातेमालो गर्दैछन ।  कुण्ड निर्माण अन्तिम चरणमा पुगेको छ, गायत्री शक्ती पीठ वीरगन्जका कार्यकर्ता धर्मेन्द्र गुप्ताले भने, आज राती सम्म कुण्ड निर्माणको कार्य पुरा गर्ने छौ, भोली देखि रगंरोहन मात्र गर्ने काम हुन्छ । 

 


अश्वमेधको महाप्रयोगबाट मानिएको यज्ञउर्जा प्रष्फुटित हुन्छ त्यसमा सर्वत्र सद्गुण, सद्भाव, सद्विचार, सत्कार्य र समताभावको स्वप्रेरणा मिल्छ र आजको नेपाल राष्ट्रलार्य यिनै विशेषणहरुको ज्वलन्त आवश्यकता छ त्यसैले हामी श्रमदान गरी देशका निम्ती पनि महायज्ञ सफल बनाउन उत्साहपूर्वक लागेको स्थानियको भनाई छ । 

 


समग्र समृद्धि, स्थायी शान्ति र अखण्ड पहिचान आज नेपाल आमाले खोजिरहेकी छिन, यस परिवेशमा अश्वमेध एक शक्तिशाली सेतु बन्द संकेत देखिएको महायज्ञमा सहभागि हुन आएका काठमाण्डौका कलम पौडेलले बताए ।


यज्ञ स्थलको कार्य अन्तिम चरणमा पुगि सेकेको छ, पण्डाल निर्माणको काम लगभग पुरा भईसकेको १६ गते भित्र पुरा तयारी अवस्थामा आयोजक समितीलाई जिम्मा लगाईने छ, पण्डालका जिम्मा लिएका जगदीश सेण्ड सर्भिस सेन्टरका संचालक जगदीश साहले बताए । 


पण्डाल भित्र अहिले बिजुलीको काम, सिसि टिभी जडानको कामको प्रकृया अगाडी बढाईएको छ । करिब ६ लाखको हाराहारीमा सहभागि हुन आउनेको सुरक्षाको निम्ती जि फोर्स सेक्युरिटी कम्पनीले पण्डाल भित्र ४० भन्दा बढी सिसि क्यामरा जडान गर्ने तयारी गरीरहेको छ । 


सेक्युरिटी कम्पनीका क्षेत्रिय प्रबन्धक प्रदीप कडेलका अनुसार हाई क्वालिटीको क्यामरा जडान सहित प्रविधियुक्त सफटवेयर जडान गरिने बताए । महायज्ञ स्थलमा प्रवेश गरिने महिला पुरुष छुट्टाछुट्टै पहिचान गरी, आफै गन्ती गर्ने प्रविधि युक्त सफटवेयर जडान गर्न लागिएको हो क्षेत्रीय प्रबन्धक कडेलले भने सुरक्षाको दृष्टीले अत्यन्तै प्रभावकारी युक्त हुने यो सफटवेयर नेपालमा पहिलो पल्ट जडान हुन लागेको बताए । 


उनले भने, अहिले सम्म यस्तो क्यामरा नेपालको कुनैपनि ठाउँमा जडान भएको छैन, यो सफटवेयर वीरगन्जमा पल्ट जडान गरेर यसको सुरुवात भईरहेको छ, विश्वास छ अत्यन्तै प्रभावकारी सुरक्षा प्रदान गर्ने छ । अत्याधुनिक सफटवेयर युक्त जडान क्यामराले पण्डाल भित्र हुने हरेक गतिविधिलाई कैद गर्न सक्छ र यसलाई  मोनिटरिङ्ग गर्ने रुमबाट कन्ट्रोल पनि गर्न सक्ने उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.