logo

नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध महायज्ञको उदघाटन राष्टपतिले र समापन्न प्रधानमन्त्रीद्धारा गरिने

      2/27/2019 गते 00 00 मा प्रकाशित     1216   पटक पढिएको

 वीरगन्ज १५ फागुन ।    
वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ आयोजक समितिले बुधबार आर्दशनगर स्थित रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ । 


पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एव वीरगन्ज महानगरपालिकाको मेयर विजय कुमार सरावगीले महायज्ञको तयारी अन्तिम चरणमा  पुगेको बताउदै यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सुनिश्चित भइसकेको  जानकारी गराए । 


उनले  १९ गते महायज्ञको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने र यज्ञको समापन २२ गते प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताए  । राष्ट्रपति भण्डारीले उदघाटन कार्यक्रमको  पहिलो चरणमा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्ने र त्यसपछि युग निर्माणको लागी बनाईएको प्रदर्शनीको उदघाटन गर्ने कार्यक्रम तय भएको उनले बताए  । चार दिन सम्म हुने महायज्ञमा प्रत्येक दिन भिआईपीहरुको सहभागिता  रहने महायज्ञ समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 


२० गतेदेखि शुरु हुने यज्ञहवनमा ७५३ जना मुख्य जजमानहरुले पुजा गर्ने छन, भने हरेक पाटकमा ३ हजार भक्तजनले पनि यज्ञमा सहभागिता जनाउदै गायत्री विधिअनुसार होम तथा पुजापाठ गर्न  सक्छन, मेयर सरावगीले भने, करिब ६० हजारले महायज्ञमा हवन गर्ने व्यवस्था मिलाइएको छ । दर्ता नगराएका भक्तजनहरुलाई हवन पछि सर्वसाधारणको लाइनमा बसेर पुजा तथा  हवन गर्न पाईने छ ।

 

महायज्ञमा हुने अपार सहभागीतालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले अन्यबिदाहरुमा मिलान हुने गरी महायज्ञ अवधिभरी वीरगन्जका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा सार्वजनिक विदा दिईएको छ । प्रत्येक बर्षमा दिइने ९ दिने जाडो विदामा कटौती गरेर ४ दिन महायज्ञ अवधिभर सार्वजनिक विदा दिने व्यवस्था मिलाइएको उनको भनाइ रहेको थियो  


  यज्ञ अवधिभर नगरक्षेत्रमा माछा, मासु तथा मदिरा विक्री वितरणमा पनि प्रतिबन्ध लगाईएको छ, धार्मिक यज्ञ भएकोले महानगरमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा,मासु तथा मदिरा विक्री वितरण गर्ने सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गरिने छ, अटेरी गर्नेलाई स्थानिय सरकारको कानुन बमोजिम  कारवाही समेत गरिने मेयर सरावगीले बताए ।


    सुरक्षाको दृष्टीले नगर क्षेत्रमा जिल्लाको सुरक्षाकर्मी बाहेक थप ६ सय सुरक्षाकर्मी बाहिर जिल्लाबाट मनाईएको छ। महायज्ञ स्थल वरिपरी पनि निजि सुरक्षाकर्मी पनि व्यापक रुपमा खटाईने , मेयर सरावगीले पत्रकारसम्मेलनमा बताए । यज्ञस्थलको सुरक्षा जिम्मेवारी लिएको सेक्युरिटी कम्पनी जि फोर्सले सुरक्षा सर्तकता अपनाउदै प्राविधियुक्त ३ सय ६० डिग्रीमा घुम्ने सिसी क्यामरा समेत जडान गरेको छ । यसले गर्दा यज्ञ वरिपरीको हरेक गतिविधि सुक्ष्मरुपमा नियाल्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।

 

यज्ञमा सहभागि हुने क्षमताभन्दा बढी मानिस सहभागि हुन खोजे प्रविधियुक्त जडान गरिएको क्यामराको माध्यमले अटोम्याटिक भित्र प्रवेष गर्ने मेन गेट आफै बन्द हुने छ, र बाहिर जानको लागि बाहिरिने गेट खुल्ला रहि रहने छ । 
    महानगरको ३० लाखको भौतिक निर्माण सहयोगमा करिब २ करोडको लागतमा महायज्ञको निर्माण गर्न लागिएको छ, यज्ञमा ४० देशका करिब ६ देखि ७ लाख पाहुनाहरुको सहभागिता हुने अनुमान आयोजक समितीले गरेको छ । यज्ञमा सहभागि हुनेको खानाको व्यवस्था र भिआईपीहरुको सेवा सतकार सम्पूर्ण तयारी भईसकेको आयोजक समितिका सह संयोजक अशोक बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

 

उनले यज्ञका सहभागि हुने आगन्तुहरुको खानाको लागि बाल मन्दिर परिसरमा व्यवस्था मिलाईएको छ । 
    पाहुनाहरुको वाँस व्यवस्थापनको जिम्मा पाएका समाजिक अभियन्ता ओम प्रकाश सर्राफले यज्ञमा सहभागि हुन आएका बाहिरका पाहुनाहरुको लागि वाँस व्यवस्थापन पुरा भएको जानकारी गराए । वीरगन्जको ठाराबको गल्र्स होस्टेल, घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा पण्डाल निर्माणको कार्य तिव्ररुपमा भईरहेको छ उनले भने, नगरको हरेक धर्मशाला, होटलहरु बुक गरीसकेका छौ, बाकी रहेको कामहरु एकदुई दिनभित्र सम्पूर्ण तयारी पुरा गर्छौ । 

 


पाहुनाहरुको सेवा सतकारको लागि स्थानिय ५ हजार युवाहरु स्वयसेवकको रुपमा परिचालन गरिएको छ ।  पत्रकार सम्मेलनमा समितिका महासचिव छोटेलाल प्रसादले भारतको गुजरात, महाराष्ट्र, राजस्थान, विहार, युपि लगायतको राज्यबाट करिब साढे सात सय गायत्री परिवारका सदस्यहरु आईपुगेका छन भने अरु आउने क्रममा जारी रहेको छ । उनले भने, दैनिक एक÷दुई सय जनाको दैनिक आउने क्रम जारीरहेको छ, सवैजना महायज्ञ तयारी पुजा गर्न जुटेका छन ।

 

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, महायज्ञ सफल बनाउन गठित मिडिया कोडिनेर समितिका संयोजक महेश दासको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सह संयोजक अनिल तिवारी लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.