logo

समाजमा सकारात्मक सोच ल्याउन महायज्ञ स्थलमा नवयुग निर्माण प्रदर्शनी निर्माण 

      3/1/2019 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

वीरगन्ज १७ फागुन ।
वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागी हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको केन्द्र बन्ने भएको छ  । नवयुग निर्माणको लागि चाहिने आधारलाई खडा गरी प्रदर्शनीको निर्माण भईरहेको छ । 

 


प्रदर्शनीमा गायत्री परिवारका मुख्य गुरु पंडीत श्रीराम शर्मा आचार्यको जीवनी बारे चित्रण गरिएको छ । गुरु आचार्यको बाल्यकालदेखि वर्तमान अवस्था सम्म र गायत्री परिवारको मिशन परिचय देखि लिएर अगामी योजना बारे पनि चित्रण गरी प्रदर्शनी कक्षमा राख्ने तयारी भएको छ । प्रदर्शनी व्यवस्थापकका संयोजक राम कुमारका अनुसार गायत्री परिवारले चालेको सात आन्दोलनको बारेमा चित्र मार्फत वर्णन गरिएको छ । 

 


समाजलाई परिवर्तन गर्नको लागि गायत्री परिवारले शिक्षा, स्वास्थ्य, नशामुक्ती अभियान, समाजिक कुरिती उन्मुलन, नारी जागरण र स्वलम्बन अभियान गरी सात आन्दोलनको थालनि गरेको हो ।

 

युग परिवर्तन गर्न समाजमा परिवर्तन हुन आवश्यक छ, प्रदर्शनी व्यवस्थापकका संयोजक राम कुमारले भने, समाज रुपान्तरण  चुनौतीका रुपमा रहेको समाजिक कुरितीको अन्त्य गर्नुपर्छ, अन्धविश्वास हटाउनु पर्छ, मनुष्यले गर्दै आएको आफनो गल्तीमा सुधार ल्याउनु पर्छ अनि मात्र समाजलाई रुपान्त्रण गर्न सकिने भएकोले गायत्री परिवारले यो अभियान ल्याएको हो । 

 


जबसम्म विचार परिवर्तन हुदैन तबसम्म मनुष्यमा परिवर्तन आउँदैन उनले भने, जबसम्म मनुष्यमा परिवर्तन आउँदैन तब सम्म धर्तीमा स्वर्ग अवतरण हुदैन त्यसैले मनुष्य भित्र परिवर्तन गर्नको लागि नारी समेतलाई बराबरी अधिकार दिनै पर्छ अनि मात्र समाज अगाडी बढ्न सक्छ ।

 

एकपल्ट प्रदर्शनी अवलोक गरे निश्चय नै मनुष्यमा सकारात्मक सोचको परिवर्तन आउने छ, जसले गर्दा पुरै समाज, राष्ट्रनै सकारात्मक दृष्टीले अगाडी बढने विश्वास लिएको संयोजक राम कुमारले बताए । अन्तिम तयारीमा रहेको प्रदर्शनीमा करिब ५ लाख भन्दा बढीले अवलोकन गर्ने छन । 

 


त्यसै महायज्ञ स्थल नजिकै स्वास्थ्य केन्द्र पनि संचालनमा आएको छ । महायज्ञमा सहभागी हुन आउँनेलाई उपचार दिन नजिकै स्वास्थ्य उपचार केन्द्र संचालनमा ल्याएको हो ।

 

उपचार केन्द्रमा चिकित्सक द्धारा निशुल्क स्वास्थ्य परिक्षण सहित औषधी समेत उपलब्ध गराईन्छ, महायज्ञ सहभागी हुन देश विदेशबाट लाखौ श्रद्धालुहरुको सहभागिता हुने भएकोले उनीहरुलाई  स्वास्थ्य उपचार आवश्यक परेको त्यही उपचार पाउनकालागि केन्द्र स्थापना गरिएको आयोजक समितिले जनाएको छ ।  यही फागुन १९ गतेदेखि हुने महायज्ञ २२ गतेसम्म संचालन हुने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.