logo

समाजमा सकारात्मक सोच ल्याउन महायज्ञ स्थलमा नवयुग निर्माण प्रदर्शनी निर्माण 

      3/1/2019 गते 00 00 मा प्रकाशित     1224   पटक पढिएको

वीरगन्ज १७ फागुन ।
वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागी हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको केन्द्र बन्ने भएको छ  । नवयुग निर्माणको लागि चाहिने आधारलाई खडा गरी प्रदर्शनीको निर्माण भईरहेको छ । 

 


प्रदर्शनीमा गायत्री परिवारका मुख्य गुरु पंडीत श्रीराम शर्मा आचार्यको जीवनी बारे चित्रण गरिएको छ । गुरु आचार्यको बाल्यकालदेखि वर्तमान अवस्था सम्म र गायत्री परिवारको मिशन परिचय देखि लिएर अगामी योजना बारे पनि चित्रण गरी प्रदर्शनी कक्षमा राख्ने तयारी भएको छ । प्रदर्शनी व्यवस्थापकका संयोजक राम कुमारका अनुसार गायत्री परिवारले चालेको सात आन्दोलनको बारेमा चित्र मार्फत वर्णन गरिएको छ । 

 


समाजलाई परिवर्तन गर्नको लागि गायत्री परिवारले शिक्षा, स्वास्थ्य, नशामुक्ती अभियान, समाजिक कुरिती उन्मुलन, नारी जागरण र स्वलम्बन अभियान गरी सात आन्दोलनको थालनि गरेको हो ।

 

युग परिवर्तन गर्न समाजमा परिवर्तन हुन आवश्यक छ, प्रदर्शनी व्यवस्थापकका संयोजक राम कुमारले भने, समाज रुपान्तरण  चुनौतीका रुपमा रहेको समाजिक कुरितीको अन्त्य गर्नुपर्छ, अन्धविश्वास हटाउनु पर्छ, मनुष्यले गर्दै आएको आफनो गल्तीमा सुधार ल्याउनु पर्छ अनि मात्र समाजलाई रुपान्त्रण गर्न सकिने भएकोले गायत्री परिवारले यो अभियान ल्याएको हो । 

 


जबसम्म विचार परिवर्तन हुदैन तबसम्म मनुष्यमा परिवर्तन आउँदैन उनले भने, जबसम्म मनुष्यमा परिवर्तन आउँदैन तब सम्म धर्तीमा स्वर्ग अवतरण हुदैन त्यसैले मनुष्य भित्र परिवर्तन गर्नको लागि नारी समेतलाई बराबरी अधिकार दिनै पर्छ अनि मात्र समाज अगाडी बढ्न सक्छ ।

 

एकपल्ट प्रदर्शनी अवलोक गरे निश्चय नै मनुष्यमा सकारात्मक सोचको परिवर्तन आउने छ, जसले गर्दा पुरै समाज, राष्ट्रनै सकारात्मक दृष्टीले अगाडी बढने विश्वास लिएको संयोजक राम कुमारले बताए । अन्तिम तयारीमा रहेको प्रदर्शनीमा करिब ५ लाख भन्दा बढीले अवलोकन गर्ने छन । 

 


त्यसै महायज्ञ स्थल नजिकै स्वास्थ्य केन्द्र पनि संचालनमा आएको छ । महायज्ञमा सहभागी हुन आउँनेलाई उपचार दिन नजिकै स्वास्थ्य उपचार केन्द्र संचालनमा ल्याएको हो ।

 

उपचार केन्द्रमा चिकित्सक द्धारा निशुल्क स्वास्थ्य परिक्षण सहित औषधी समेत उपलब्ध गराईन्छ, महायज्ञ सहभागी हुन देश विदेशबाट लाखौ श्रद्धालुहरुको सहभागिता हुने भएकोले उनीहरुलाई  स्वास्थ्य उपचार आवश्यक परेको त्यही उपचार पाउनकालागि केन्द्र स्थापना गरिएको आयोजक समितिले जनाएको छ ।  यही फागुन १९ गतेदेखि हुने महायज्ञ २२ गतेसम्म संचालन हुने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.