वीरगञ्ज, १९ फागुन । प्रदेश नं २ का भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनलले आज बहुदर माइ नगरपालिका वडा न. १ पिपरामा सामुदायिक भवन को शिलान्यास गरेका छन ।
वडाध्यक्ष प्रमोद यादवको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य प्रहलाद गिरि , राजपा पर्सा संयोजक जगदिश कुर्मी , सचिव द्वय राजेश साह,श्रीराम गिरि , संघीय समाजवादी फोरम नेपालका पन्नालाल साह, वडा अध्यक्ष रामरेखा सिंह बहुदरमाइ नपाका कार्यकारि अधिकृत,लेखापाल,सह लेखापाल, भवन डिभिजन कार्यालय का प्रमुख सरोज गोइत , इन्जिनियर बिकास कुशवाहा लगायत बिकाश प्रेमी राजपाका स्थानीय नेताकार्यकर्ता एवम् गाउँ बासीको सहभागिता रहेको थियो ।
राजपाका महासभिव शिव पटेलको बिशेष पहलमा सामुदायीक भवन निर्माणकालागि मंत्रालयले योजना छनौट गरेको हो । उपभोक्ता समितिको नेतृत्वमा निर्माण गरिने सामुदायीक भवनकोलागि चालु आर्थिक वर्षमा २० लाख रुपैया बिनियोजन गरिएको छ । यो बहुवर्षीय योजना हो ।
तपाईको प्रतिक्रिया