logo

शिक्षामा आमूल परिवर्तनले मात्रै देश विकास सम्भव : पूर्वअर्थमन्त्री पाण्डे

      4/12/2019 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

वीरगन्ज, ३० चैत । पुर्वअर्थमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको अहिलेको शिक्षा प्रणालीमा आमुल परिवतर्न गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

वीरगन्जमा आयोजना गरिएको अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार वितरण समारोहमा बोल्दै उनले अहिलेको शिक्षा प्रणाली किताबी मात्र भएकाले जनजीवन लागु हुने खालको व्यवहारिक शिक्षा प्राणाली बनाउनु पर्ने आवश्यकता औल्याए । प्रयोगात्मक शिक्षाले नै व्यक्तिलाई सफल बनाउने र राज्यलाई पनि उपयोगी हुने भएकोले प्रयोगात्मक शिक्षामा जोड दिन शिक्षकहरुलाई आग्रह गरे ।

अम्बिका सिंह शिक्षा पुरस्कार वीरगन्जको सिद्धार्थ माविका पुर्व प्रधानाध्यापक जगरनाथ तिवारीलाइ प्रदान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले ४० औं शिक्षक दिवसको अवसरमा हिजो वीरगन्जमा आयोजना गरेको कार्यक्रममा पुर्व अर्थमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डले तिवारीलाइ दोशल्ला अ‍ेढाउदै २५ हजार नगद राशीको पुरस्कार प्रदान गर्नु भएको हो ।

नेकपाका युवा नेता अरविन्द सिंहले आफनी आमा स्वर्गीय अम्बीका सिंहको स्मृतिमा स्थापना गरेको अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार यसवर्ष तिवारीलाइ प्रदान गरिएको हो । कार्यक्रममा नेकपाका युवा नेता अरविन्द सिंहले आफनी आमा अम्बीका सिंह , शिक्षिका नै रहेका बेला उहाको निधन भएको जानकारी गराउदै स्वर्गीय आमाको स्मृतिमा अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार स्थापना गरेर चार वर्ष देखि प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले पर्साका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराइ अवकाश प्राप्त गरेका ३३ जना पुर्व शिक्षकहरुलाइ दोशल्ला ओढाउदै सम्मानपत्र प्रदान गरेर सम्मानीत पनि गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.