logo

शिक्षामा आमूल परिवर्तनले मात्रै देश विकास सम्भव : पूर्वअर्थमन्त्री पाण्डे

      4/12/2019 गते 00 00 मा प्रकाशित     1323   पटक पढिएको

वीरगन्ज, ३० चैत । पुर्वअर्थमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको अहिलेको शिक्षा प्रणालीमा आमुल परिवतर्न गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

वीरगन्जमा आयोजना गरिएको अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार वितरण समारोहमा बोल्दै उनले अहिलेको शिक्षा प्रणाली किताबी मात्र भएकाले जनजीवन लागु हुने खालको व्यवहारिक शिक्षा प्राणाली बनाउनु पर्ने आवश्यकता औल्याए । प्रयोगात्मक शिक्षाले नै व्यक्तिलाई सफल बनाउने र राज्यलाई पनि उपयोगी हुने भएकोले प्रयोगात्मक शिक्षामा जोड दिन शिक्षकहरुलाई आग्रह गरे ।

अम्बिका सिंह शिक्षा पुरस्कार वीरगन्जको सिद्धार्थ माविका पुर्व प्रधानाध्यापक जगरनाथ तिवारीलाइ प्रदान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले ४० औं शिक्षक दिवसको अवसरमा हिजो वीरगन्जमा आयोजना गरेको कार्यक्रममा पुर्व अर्थमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डले तिवारीलाइ दोशल्ला अ‍ेढाउदै २५ हजार नगद राशीको पुरस्कार प्रदान गर्नु भएको हो ।

नेकपाका युवा नेता अरविन्द सिंहले आफनी आमा स्वर्गीय अम्बीका सिंहको स्मृतिमा स्थापना गरेको अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार यसवर्ष तिवारीलाइ प्रदान गरिएको हो । कार्यक्रममा नेकपाका युवा नेता अरविन्द सिंहले आफनी आमा अम्बीका सिंह , शिक्षिका नै रहेका बेला उहाको निधन भएको जानकारी गराउदै स्वर्गीय आमाको स्मृतिमा अम्बीका सिंह स्मृति शिक्षा पुरस्कार स्थापना गरेर चार वर्ष देखि प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले पर्साका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराइ अवकाश प्राप्त गरेका ३३ जना पुर्व शिक्षकहरुलाइ दोशल्ला ओढाउदै सम्मानपत्र प्रदान गरेर सम्मानीत पनि गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.