logo

हावाहुरी पीडित महिलालाई सरसफाई सिकाउँदै मिस नेपाल श्रृङखला खतिवडा 

      4/28/2019 गते 00 00 मा प्रकाशित     1348   पटक पढिएको

वीरगन्ज, १६ बैशाख । मिस नेपाल वल्र्ड २०१८ की विजेता श्रृङखला खतिवडा आईतबार चर्को घाममा पनि पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहामा महिलाहरुसँग व्यस्त भइन् । आफ्नी आमा तथा प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य एवं नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलसँग आएकी श्रृङखलाले सौराहाका महिलाहरुलाई सरसफाई सम्बन्धी जनचेतनामूलक कुराहरुको बारेमा सिकाईन् ।

उनले महिलाहरुले महिनावारी हुने बेलामा आईपर्ने समस्या र त्यसको सहज व्यावस्थापनको बारेमा महिलाहरुलाई बताईन् । विशेषगरी तराई मधेसका महिलाहरु समाजको अगाडि आफ्नो शारिरिक स्वास्थ्य बारेमा खुलेर बोल्न नसक्ने भएकोले महिनावारी भएको बेला अपनाईनुपर्ने सावधानी र सरसफाई सामग्रीहरुको प्रयोगको बारेमा महिलाहरुलाई प्रयोगात्मक विधिबाट जानकारी गराईन् ।

२०७५ साल चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित १ हजार ७ सय परिवारका महिलाहरुका लागि संकलन गरिएको सरसफाई सामग्रीहरु वितरण गर्न आईतबार खतिवडा पर्सामा आएकी हुन् । टोर्नाडो नामक आँधीले प्रभावित पारेको बारा र पर्साका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सामाजिक सञ्जाल मार्फत संकलन गरिएको राहत सहयोगबाट महिलाको लागि महिला अभियानबाट ‘एक परिवार एक झोला’ नारा दिएर राहत संकलन शुरु गरिएको थियो ।

यसको मुख्य संयोजन ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले गरेका थिए । उनकै पहलमा महिलाहरुको मात्रै प्रतिनिधित्व रहेको भगिनी संस्था ‘वुमेन्स फर ब्लड’ समूहले राहत संकलनमा सहयोगी भूमिका निर्वाह गरेको थियो । हावाहुरीले प्रभावित क्षेत्रमा सबैले खाद्यान्न लत्ता कपडा, त्रिपाल लगायतका राहत सामग्रीहरु पु¥याए ।

तर, हावाहुरी पीडित महिला तथा किशोरीहरुको स्वाथ्यमा गम्भीर असर पार्ने सरसफाईको बारेमा ध्यान कम देखिएकोले सरसफाईकै कारणले महिलाहरुको शारिरिक स्वास्थ्य जोखिममा पर्नबाट बचाउनका लागि एक परिवार एक झोला अभियान थालेको अभियानका संयोजनकर्ता सिंहले बताए । चैत्र २२ गते देखि थालेको ‘एक परिवार एक झोला’ कार्यक्रममा देश तथा विदेशबाट नगद तथा जिन्सी विभिन्न किसिमको सहयोगहरु संकलन गरेर बाराको भरभवलिया, पुरैनिया, पचरौता रमपुरवा र पर्साको सुर्जाहा, चैनपुर लगायत प्रभावित क्षेत्रका १ हजार ७ सय घरपरिवारलाई सामग्री वितरण गरिएको छ ।

सहयोग सामग्री सामान्य व्यक्तिदेखि मिस नेपाल वल्र्ड २०१८ की श्रृंखला खतिवडा सम्मले सहयोग गरेको छ । उनले सामाजिक सञ्जाल मार्फत अभियानको जानकारी पाएर व्यक्तिगत नगद ५० हजार रुपैंया सहयोग समेत गरिन । आईतबार पर्साको सौराहामा पुगेर पीडित महिला तथा किशोरीहरुलाई महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याड तथा अन्य सरसफाई सम्बन्धी सामग्री प्रयोग गर्ने तरिका समेत सिकाईन् ।

महिलाहरुको लागि आवश्यक सामांग्रीहरु स्याम्पू, नुहाउने साबुन, लुगा धुने साबुन, सेनेटरीप्याड, भित्री वस्त्र, गम्छा, पेस्ट, ब्रस, टर्च, नेलकटर, लामखुट्टेबाट बच्न झूल लगायतका २१ सय मूल्य बराबरको सामग्रीहरु वितरण गरेर अभियानको समापन गरिन् ।

अभियानमा काभ्रे सेवा समाज बेल्जियम, नेपालगन्ज ग्यालरी, नेपाली कम्युनिटी इन फ्लोरिडा अमेरिका, नेपाली युथ इन बोस्टन (अमेरिका) इंग्ल्यैण्ड रिडङ, रिलिफ सोसाईटी अफ कमर्स वीरगन्ज, वीरगन्ज बैंकर्स ग्रुप, गंगालाल हृदय केन्द्र कर्मचारी परिवार लगायतका विभिन्न संघ संस्था र व्यक्तिहरुले समेत सहयोग गरेका थिए । हावाहुरीलाई वितरण गरिने राहत भन्दा सरसफाई सामग्री वितरण पृथक तरिकाले गरिएको थियो ।

वास्तविका पीडितहरुको घर घरमा पुगेर घरसंख्या संकलन गर्ने र सबैलाई एकठाउँमा बसाएर सरसफाई सम्बन्धी जनचेतना जगाउदै सरसफाई सामग्री प्रयोग गर्ने तरिका सिकाएर मात्रै वितरण गरिएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.