logo

पाँच दिने चित्रकला तालिम सम्पन्न

      7/6/2019 गते 00 00 मा प्रकाशित     1656   पटक पढिएको

वीरगंज २१  असार । 
 महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला  तालिम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोग तथा सहयोगी नेपालको आयोजनामा वीरगंज  ७ मा पाँच दिने चित्रकला तालिम शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

संघीय समाजवादी महिला फोरमकी केन्द्रिय सदस्य सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रम सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदको सभापतित्वमा सम्पन्न भएको थियो । २० महिला सहभागी रहेको कार्यक्रमको प्रमुख प्रशिक्षक मुकेश महतो नुनिया रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता साहले महिलाहरुलाई रूढीवादी कार्य मात्र नगरेर हरेक क्षेत्रमा सक्रिय सहभागिता देखाउन आग्रह गरिन । उनले महिलालाई थप सशक्त बनाउन यस्ता तालिम र कार्यशाला आवश्यकता रहेको बताइन ।

त्यसैगरि सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले कलाकारितालाई पेशाका रुपमा लिएर अगाडि बढ्न सकिने बताए । उनले आज विश्वमा धेरै कलाकारहरु चित्र बनाएर लाखौँ आम्दानी गरिरहेको बताए । अहमदले सहयोगी नेपाल संस्थाले आगामी दिनमा पनि यस्ता थप तालिमहरु आयोजना गर्ने जानकारी गराउदै वीरगंज महानगरपालिकालाई तालिम आयोजना गर्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं। ७ का वडा सदस्य, सहयोगी नेपालको तर्फबाट किरण गिरि, शसिकान्त सर्राफ र आशु सर्राफलगयातको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.