logo

पिपरामा ६ महिला सहित सय भन्दा बढीले गरे रक्तदान

      7/20/2019 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको

बीरगंज ४ साउन । 
युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित १ सय १८ जनाले रक्तदान गरेका छन । नेपाल तरुण दल पर्साका पूर्व अध्यक्ष बीरेन्द्र पटेलको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पिपराको युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

रक्तदाताहरुलाई सम्बिधान सभाका सदस्य अनिल रुङगटा, राजेन्द्र बहादुर अमात्य , नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी समाजवादी पार्टीका नेता सुन्दर कुर्मी महिला नेतृ रुपा श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए । रक्त संचार केन्द्रले रगत अभाव भएको र रक्तदाताहरुलाई रक्तदान गर्न अपिल गरेको बेलामा पिपराका युवाहरुले रक्तदान गरेका हुन ।

 

पिपरा युवा समाजका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा  भएको रक्तदान कार्यक्रममा स्व.बीरेन्द्र पटेलका पिता नेपाली कांग्रेसका नेता रामनाराण कुर्मी नेकपाका नेता कमल बहादुर पिठाकोटे नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने प्रेस संगठनका जिल्ला अध्यक्ष निरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा रक्तसंचार केन्द्रको तर्फबाट डिल्लीमाया घिमिरेले  रक्तदाता क्लब युवा समाज पिपरालाई प्रमाण पत्र प्रदान गरेकी थिइन । घिमिरेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.