logo

पिपरामा ६ महिला सहित सय भन्दा बढीले गरे रक्तदान

      7/20/2019 गते 00 00 मा प्रकाशित     1318   पटक पढिएको

बीरगंज ४ साउन । 
युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित १ सय १८ जनाले रक्तदान गरेका छन । नेपाल तरुण दल पर्साका पूर्व अध्यक्ष बीरेन्द्र पटेलको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पिपराको युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

रक्तदाताहरुलाई सम्बिधान सभाका सदस्य अनिल रुङगटा, राजेन्द्र बहादुर अमात्य , नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी समाजवादी पार्टीका नेता सुन्दर कुर्मी महिला नेतृ रुपा श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए । रक्त संचार केन्द्रले रगत अभाव भएको र रक्तदाताहरुलाई रक्तदान गर्न अपिल गरेको बेलामा पिपराका युवाहरुले रक्तदान गरेका हुन ।

 

पिपरा युवा समाजका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा  भएको रक्तदान कार्यक्रममा स्व.बीरेन्द्र पटेलका पिता नेपाली कांग्रेसका नेता रामनाराण कुर्मी नेकपाका नेता कमल बहादुर पिठाकोटे नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने प्रेस संगठनका जिल्ला अध्यक्ष निरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा रक्तसंचार केन्द्रको तर्फबाट डिल्लीमाया घिमिरेले  रक्तदाता क्लब युवा समाज पिपरालाई प्रमाण पत्र प्रदान गरेकी थिइन । घिमिरेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.