logo

एघार महिला सहित सय भन्दा बढीले गरे रक्तदान 

      7/27/2019 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

बिरगंज ११ साउन  । 

छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भयो ।श्रीरामहल अगाडि प्रहरी बिट छपकैया प्राङ्गणमा भएको रक्तदान मा ११ महिला सहित १०३ जनाले रक्तदान गरेका छन ।रक्तदान गर्नेमा  अम्बिका भट्टराई , अस्मिता हमाल , मिरा हमाल , पुस्पा शाह ठकुरी, सुशिला देबी  सुबेदी , रन्जिता श्रेष्ठ , निशा भट्ट , अन्सु शाही , मिना देबि शाह , नगमा खातुन ,सानोमाया सापकोटा, छपकैया गुठीका अध्यक्ष धिरज शर्मा , सचिव अजित भुजेल , सदस्यहरु प्रकाश शाह , सुनिल सुवेदी , कृष्ण कार्की , शम्भु थापा , अजय खडका लगायतकाले रक्तदान गरेका थिए ।

 

छपकैया गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया  २ का अध्यक्ष ग्यासुदिन ठकुराई, वरिष्ठ उपाध्यक्ष मो . अब्दुल हक , सचिव प्रबिण शाह , कोषाध्यक्ष प्रेमा कुमारी सिंह , नेपाल आदिवासी जनजाती पत्रकार महासघ (फोनिज) प्रदेश न,२ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु , सामाजिक अभियन्ता प्रकाश थारु , सर्वराष्ट्रिय दैनिकका सम्पादक एवं प्रकाशक महेशचन्द गौतम , सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष शालिग्राम प्रसाद साह , छपकैया गुठीका उपाध्यक्ष राजेश राणा, छपकैया गुठीका सल्लाहकार डा. राधाकृष्ण कोईराला , बसन्त ठकुरी , बुद्धिजिबि लक्ष्मण थापा , प्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कर्ण, प्रहरी हवल्दार देवेन्द्र पटेल, प्रहरी जवान राजकुमार तामाङ , देबिलाल साह , प्रमोद कुमार राम , लगायतकाको सभागिता रहेको थियो ।

 

रक्त सन्चारकेन्द बिरगंजका प्राबिधिक टोलिमा दिलमाया घिमिरे , बिकास कुस्वाह , सन्दिप कुस्वाह , राजाबाबु , संतोष यादवले सहयोग गरेका थिए । कार्यक्रम सन्चालन छपकैया गुठीका सचिव एवं सामुदायिक सेवा केन्द्र छपकैया २ का सदस्य अजित भुजेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.