logo

फोनिजको २० औं स्थापना दिवसमा अन्तरकृयाको आयोजना

      8/11/2019 गते 00 00 मा प्रकाशित     1554   पटक पढिएको

वीरगन्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

फोनिजको २० औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सरकार आफै संविधान विपरित काम गरिरहेको आरोप लगाए । उनले संवैधानिक व्यावस्था अनुसार संसदमा सभामुख र उपसभामुख मध्य एकजना प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने भएपनि अहिले दुवै पद सत्तारुढ दलले नै राखेकोले संवैधानिक व्यावस्था अनुसार सरकार नचलेको जिकिर गरे ।

उनले संवैधानिक व्यावस्था अनुसार लोकसेवा आयोगको विज्ञापन हुनुपर्नेमा त्यसको विपरित विज्ञापन गरेर संवैधानिक आयोगले पनि संविधानको धज्जी उडाएको बताए ।  न्यायालयमा समेत प्रहार गर्ने प्रयासमा अहिलेको सरकार लागी रहेको पनि अध्यक्ष चौहानले दावी गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे मगरले संविधानमा व्यावस्था भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयनमा राज्यले उदासिनता देखाउदा अहिले पनि आन्दोलनको बाटोमा हिड्नु परेको बताए ।

उनले राज्यले जस्तै पत्रकार संगठनहरुले पनि समावेशीताको सवालमा गम्भीर नभएकोले सबैलाई गम्भीर हुन आग्रह गरे । फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाल आदिवासी जनजाति महासंघ पर्साका अध्यक्ष सोम बहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल आदिवासी पत्रकार महासंघ फोनिज पर्साका सचिव हेमन्त तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य फोनिज प्रदेश नम्बर २ की सदस्य रश्मी राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रमको विषयवस्तुमाथि जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका सचिव अधिवत्ता अमय दास थारुले प्रकाश पारेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.