logo

वालबिवाह गराउने तीन जना गिरफ्तार , सूचना दिन जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोध

 इसीमाना सम्वाददाता     २०७८ असार ३० गते ०८: १० मा प्रकाशित     653   पटक पढिएको

१७ वर्षिया बालिकाको बिवाह गराएको आरोपमा प्रहरीले तीन जनालाई असार ३०मा गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा 


    जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं ५ बेलहिया पनटोका बस्ने महेश सहनी तथा पकाहामैनपुर गाउँपालिका वडा नं .१ धोरे बस्ने ठग सहनी तथा पकाहामैनपुर गाउँपालिका वडा नं .१ धोरे बस्ने वर्ष २४ को दुलाह विशाल सहनीलाई गिरफ्तार गरेको हो ।

 

 उनीहरुको बिवाह २०७८ असार  १७ गते  धोरेस्थित भुटनदेवी मन्दिरमा भएको थियो । वाल विवाह गर्ने तथा गराउने बिरुद्ध परेको उजुरीको आधारमा उनीहरुलाई गिरफ्तार गरि आवश्यक अनुसन्धानकोलागि पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई न्यायीक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

 मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा  उनीहरु बिरुद्ध अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनु भयो । 


    पर्सा जिल्लाका विभिन्न भागमा २० वर्ष पूरा नभएका युवायुवतीले यस किसिमको वालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी प्रहरीमा आएको उहाँले बताउनु भयो ।

 

उहाँले  वालविाह सम्बन्धमा  कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै वालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाउनुहुने सबैलाई तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.