logo

भारी मात्रामा लागु औषध सहित बिभिन्न स्थानका चार जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ सावन २१ गते ०६: ३९ मा प्रकाशित     736   पटक पढिएको

प्रहरीले प्रतिवन्धित लागुऔषध अनरेक्स एक सय एमलको २ सय ३१ बोत्तल सहित  बीरगंज महानगरपालिका वडा नं ९ रामटोल निवासी ४५ वर्षिय जितेश प्रसाद श्रीवास्तवलाई  वडा नं १६ बाट पक्राउ गरेको छ ।

 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा श्रीवास्तवलाई लागु औषध सहित पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

 


प्रहरीले काठमाण्डौ महानगरपालिका ४ सीतापाइला बस्ने ३२ वर्षिय बिमल श्रेष्ठ र मकवानपुरको हेटौडा उपमहानगरपालिका ११ बस्ने २१ वर्षिय डेनियल तमाङलाई लागु औाष्ध सहित हिजो पक्राउ गरेको छ ।

 

ना.४१ प ६८४४ नम्बरको स्कुटीको डिक्कीमा लुकाई ल्याएको लागु औषध नुर्फिन ३०एम्पुल, डाइजेपाम ३०एम्पुल र फेनारगन ३० गरी जम्मा ९०एम्पुल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

प्रहरीले आज दिउसो १२ बजे  बीरगंज महानगरको वडा नं १६ रजत जयन्ती चोकबाट हेटौडा उपमहानगरपालिका वडा नं ४ बस्ने २७ वर्षिय बिकाश देउलालाई पनि लागु औषध सहित फक्राउ गरेको छ ।

 

देउलालाई  ना.२३ प २५६५ नम्बरको स्कुटीको डिक्कीमा लुकाइ छिपाई ल्याएको लागु औषध एक सय एमलको कोडिन फासफट सिरप ३३ बोतल , नाईट्राभेट ७५ र स्पाकोरभोन प्लस ८ ट्याब्लेट   सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.