logo

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बीरगंजमा बिभिन्न कार्यक्रम सम्पन्न 

 इसीमाना सम्वाददाता     २०७८ सावन २८ गते ०४: ४३ मा प्रकाशित     702   पटक पढिएको

“खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवस वीरगञ्जमा पनि मनाइएको छ ।

 

युवालय, दिब्य युवा क्लब, चाइल्ड हब नेपाल, युवा वचन, हण्ड्रेड ग्रुप्स, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा, एनसिई लगायतका संघ संस्थाहरुको सहकार्यमा दिवस मनाइएको हो । 

 


दिवसको अवसरमा ‘युवा व्यवस्थापनको आधार, शिक्षा र रोजगार’ विषयक वक्तृत्वकला प्रतियोगिता र प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 


वीरगञ्जको घण्टाघरबाट  शुरु भएको प्रभातफेरी वीरगञ्जको माइस्थान हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

एनजिओसिसि पर्साका अध्यक्ष इब्राहिम देवानको सभापतित्वमा भएको कार्यक्रममा बुधवार सम्पन्न वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम सूर्यनारायण वि.क. द्वितिय सुनिल न्यौपाने, तृतिय राहुल पटेल र गङ्गा श्रेष्ठले शान्तवना स्थान हाँसिल गरेका थिए । २५ जना प्रतिस्पर्धीहरु सहभागि रहेको कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो ।  
प्रतियोगितामा डा. सुष्मा तिवारी द्विवेदी, डा. दिपेन्द्र कुमार चौधरी र ओमप्रका सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

 

पुरस्कार वितरण समारोहमा ओमप्रकाश सर्राफ सामाजिक अभियानता प्रकाश थारु, एनजिओसिसिका कोषाध्यक्ष बिनोद यादव, चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारी, हण्ड्रेड ग्रुपका अध्यक्ष बिनय गिरी, एनसिईका महासचिब रामप्रवेश कुश्वाह लगायतको उपस्थिति रहेको थियो ।  


युवा बचनका अध्यक्ष किशु सर्राफले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिती सदस्य जया साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.