logo

पर्सागढी नगरपालिकाले आफना बिरामी नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने

 इसीमाना सम्वाददाता     २०७८ भदौ ८ गते ०१: ३७ मा प्रकाशित     486   पटक पढिएको

 पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई आवश्यक रगत निःशुल्क  उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सहमति गरेको हो ।

 

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले संचालन गरेको  रक्तसञ्चार केन्द्र मार्फत बिरामीलाई रगत उपलब्ध गराउने गरि पर्साढी नगरपालिका र नेपाल रेडक्रस सासाइटीवीच सम्झौता भएको हो । 


यस अघि पर्साको बहुदरमाई नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने गरी रेडक्रससँग सम्झौता गरेको थियो ।

रक्तसञ्चार केन्द्रले पर्सागढीका विरामीलाई उपलब्ध गराउने रगत वर्गीकरण, रगत राख्ने ब्याग, क्रस म्याचिङ, ग्रुपिङ एवं परीक्षण वापतलाग्ने शुल्क नगरपालिकाले बेहोर्नेछ ।

 

 विरामीको उपचारको कागजको प्रतिलिपि, नगरपालिकाको सिफारिस वा बिरामीको नागरिकताको प्रतिलिपि उपलब्ध गराएपछि रक्तसञ्चार केन्द्रले आवश्यक रगत उपलब्ध गराउने र प्रत्येक महिनाको ५ गतेसम्म रक्तसंचार केन्द्रबाट उपलब्ध गराइएको रगतको भुक्तानी नगरपालिकाले रेडक्रसलाई गर्नुपर्ने उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.