१५ वर्षिय नावालिकलाई बलात्कार गरेको आरोपमा बारा प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा १ मोतिसर निवासी २१ वर्षिय सुजीत कुमार साहलाई पक्राउ गरेको छ ।
साहले बिगत आठ महिना देखी ललाई फकाई प्रलोभनमा पारी ति बालिकालाई बलात्कार गर्दै आएको खुलेको बारा प्रहरीले जनाएको छ ।
१५ वर्षिय बालिकाको गर्भमा ७ महिनाको बच्चा रहेको कुरा खुले पछि साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बारा जिल्ला अदालतबाट सात दिनको क्याद थप गरि साहलाई न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए ।
तपाईको प्रतिक्रिया