logo

पश्चिमी प्रभावका कारण हिन्दुधर्म संकटमा परेको छः महानगर प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ भदौ १७ गते ००: ०० मा प्रकाशित     654   पटक पढिएको

 आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।

        दाताहरुको सहयोगमा उपलब्ध गराईएको करिब २४ धुर जग्गामा दाताहरुको ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण सम्पन्न भएको हो । 

        छात्रावासको भवनमै आयोजना गरिएको समारोहमा भवन तथा जनजाति कल्याण आश्रम, नेपालको केन्द्रीय कार्यालयको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक  सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

        उद्घाटन समारोहलाई सम्बोधन प्रमुख  सरावगीले पश्चिमीहरुको प्रभावले गर्दा नेपालको मुलधर्म संस्कृति संकटमा पर्न थालेको आरोप लगाउँनु भयो । उहााले ईसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृति माथि ठाडो  प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्ने बताउनु भयो ।’

        सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताए । उनले वीरगन्ज महानगरपालिकाबाट सहयोग गर्न नसकेपनि आउँने दिनमा व्यक्तिगत रुपमा पनि यस्ता पून्यकार्यको लागि योगदान पु¥याउँने प्रतिबद्धता जनाए ।

        कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलूले छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा संचालन हुदै आएको बताए । उनले गुरुकुल मार्फत छात्रछात्रालाई वेद तथा रामायाणको बारेमा शिक्षा प्रदान गरि असल व्यक्तिको निर्माण गर्ने काम हुने गरेको बताए ।

        अहिले पनि छात्रावासको माध्यमले गरिब तथा विपन्न परिवारको बालबालिकालाई शिक्षा प्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम गरिन्छ । उनले भने, छात्रावासबाट शिक्षादिक्षा प्राप्त गरी असल व्यक्ति निर्माण भएपनि त्यहि व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका छन ।

        जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत जनजाति समुदाय मध्ये केहि प्रभावित जनजातिहरुलाई मुल प्रभावमा ल्याउँने काम गरीरहेको बताए । उनले, दुई दशक अगाडि वीरगन्जबाट शुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाडा रहेका संयौं बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको बताए ।

        शिक्षाको साथ विकट जिल्लामा पिछिडिएका व्यक्तिको उत्थानको लागि पनि विशेष योगदान पु¥याउँदै आएका छौ, उनले भने, जनजातिहरुलाई ईसाईहरुले लक्षित गरेर करोडौ अर्बो रुपमा लगानी गरेर हाम्रो समाजबाट अलग गर्ने प्रयास गरेका छन । उनले  समाजलाई बचाउँनको लागि छात्रावास सगै जनजाती कल्याण आश्रमबाट योगदान पु¥याउँन र ईसाईहरुले फैलाउँदै आएको भ्रमलाई चिर्ने काम पनि गर्दै आएको बताए ।

        आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको सहभागिता रहेको थियो ।


      

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.