logo

इलाका प्रशासन कार्यालयमा तोडफोडको आरोपमा दुई जना गिरफ्तार

      3/5/2020 गते 00 00 मा प्रकाशित     710   पटक पढिएको

सुपौली २२ फागुन । इलाका प्रशासन कार्यालय सुपौलीमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतोलाई फागुण २२ गते गिरफ्तार गरेको छ ।

पर्साको जिराभवानी गाउपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालयले सेवाग्राहीलाई सेवा नदिएको भन्दै उनीहरुले कार्यालयमा हुलहुज्जत गर्नुका साथै कार्यालयको साइवबोर्ड तोडफोड गरेका थिए । 

दुबैजना लाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो ।

इलाका प्शासन कार्यालयमा कर्मचारी समायोजनको नाममा भएको सरुवा पछि शाखा अधिकृत सहितको जनशक्ती नहुदा सेवाग्रहरीको काम समयमा हुन सकेको छैन । 

इलाका प्रशासन कार्यालय सुपौलीमा विगत १ महिना देखी कर्मचारी अभाव रहेको छ । कर्मचारी नहुदा सेवाग्राहीलाई समस्या भएको स्थानियले बताएका छन ।

 इलाका प्रशासन अन्तर्गत ठोरी , जिराभवानी , जगरनाथपुर र पटेर्वा सुगौली गाउपालिकावासीको नागरिकता , शान्ति सुरक्षा लगायतका प्रशासनिक सेवा प्रदान हुदै आएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.