logo

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास 

 इसीमाना सम्वाददाता     २०७८ भदौ २६ गते ०४: ३२ मा प्रकाशित     532   पटक पढिएको

वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन ।

 

नगरस्तरीय बजेटबाट वडा नम्बर ११ श्रीपुर मा निर्माण हुन लागेको ढलान सडक र नालाको आज नगरप्रमुख बिजय कुमार सरावगी शिलान्यास गरेका हुन  ।

 

सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगरप्रमुख सरावगीले बर्सौदेखि जीर्ण अवस्थामा रहेको  सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताए  ।

 

उनले ढलनाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताए  । वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्मुन सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, लगायतको उपस्थिति रहेको थियो ।

 

यस्तै महानगर प्रमुख सरावगीले शनिबार नै रक्तदान कार्यक्रमको पनि उदघाटन गरेका छन  । वीरगन्ज सिटी मार्केटले आयोजना गरेको रक्तदान कार्यक्रमको महानगर प्रमुख सरावगीले उदघाटन गरेका हुन ।

 

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ मुख्य सडकमा रहेको वीरगन्ज सिटी मार्केटमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.