logo

बीरगंज महानगरको बिकासमा टोलबिकास संस्थामार्फत नागरिकलाई सहभागि गराइने 

 इसीमाना सम्वाददाता     २०७८ असोज २ गते ०७: ४४ मा प्रकाशित     946   पटक पढिएको

बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन ।

 

 
टोल बिकास संस्थाको गठन परिचालान र अभ्यास सम्बन्धी दुई दिने अभिमूखी करण कार्यक्रम बीरगंजमा शनिवार सम्पन्न भएको छ ।

 

३२ वटै वडाका अध्यक्ष र सचिवको अभिमूखीकरण कार्यक्रममा सहभागिता रहेको थियो ।  बीरगंज महानगरपालिकाको वडा नं १ देखी १५ वटा वडा सम्म एक एक वटा टोल बिकास संस्थाको निर्माण हुने कार्यक्रममा सहजकर्ता रितेश त्रिपाठीले जानकारी दिए ।

 

अन्य वडामा भने जनसंख्याको अनुपात हेरेर एक भन्दा बढी टोल सुधार संस्था बन्ने छन । वडा कार्यलयको सहयागीको रुपमा टोल बिकास संस्थाले काम गर्ने त्रिपाठीले बताए ।

 

टोलको बिकास निर्माणमा टोलबासीको सहभागिता, स्थानीय रुपमा शान्ति सुरक्षाको वतावरणको निर्माण सरसफाई र वतावरणीय प्रदुषणको नियन्त्रण आफनो मौलीक स्सकृतिको  रक्षा संरक्षण र प्रर्वद्धनमा समेत टोल बिकास संस्थाले प्रभावकारी काम गर्न सक्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले बताए । 


बीरगंज महानगरपालिकाको वडा नं १८ का अध्यक्ष ब्रहमदेव कुर्मीको अध्यक्षतामा भएको अभिमूखीकरण कार्यक्रममा अन्य वडाका अध्यक्ष र सचिवले टोलबिकास संस्थाको निर्माण र परिचालनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको संचालन जितेन्द्र गिरीले गरेका थिए । 

बीरगंज महानगरको आर्थिक सहयोगमा टोलबिकास संस्थाको निर्माण हुनेछ भने प्राविधिक सहयोग भने सहयोगी नेपालले उपलब्ध गराउने त्रिपाठीले बताए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.