logo

प्रेस लेखेको मोटरसाइकलमा सवार दुई जना लागू औषध सहित  पक्राउ

      3/10/2020 गते 00 00 मा प्रकाशित     1502   पटक पढिएको

बीरगंज २७ फाल्गुण ।
प्रेस लेखेको मोटरसाइकलबाट  लागू औषधीको तस्करी गर्दै आइरहेका बीरगंज महानगरपालिका वडा नं १५ बस्ने ३० वर्षिय जीतेन्द्र सिंहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

 

उनलाई ९ सय थान लागूऔषधसहित पक्राउ गरेको हो । उनीसंगै भारत बिहार बस्ने २२ वर्षीय नासिर आलम पनि पक्राउ परेका छन ।   ईलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधसहित उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । खास गरि पत्रकारहरुले आफ्ना सवारी साधनमा प्रेस लेखेर हिड्ने प्रचलन रहेको छ ।

 

प्रेस लेखिएका सवारी साधनहरुनै  गैर कानूनी कामा प्रयोग भएको पाइएपछि ५ वर्ष पहिला नेपाल पत्रकार महासंघ पर्सा शाखाले आफना सवारी साधनमा लेखिएको प्रेस मेटन आफना सदस्यहरुलाई निर्देशन दिएको थियो । 

 

प्रहरीले उनिहरुबाट ३ सय थान डाईजोपाम, ३ सय थान पिस–नुफिन र ३ सय थान फेनारगन बरामत गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीको कमाण्डमा चेकजाँचको क्रममा खटिएको टोलीले शंका लागेपछि चेकगर्दा पक्राउ गरेको हो । उनहरुलाई सीमरा नेपाल विद्युत प्राधिकरण अगाडी गल्लीबाटो हुँदै लगीरहेको अवस्थामा पक्राउ गरेको हो ।

 

पक्राउ परेका सिहंले ना ६२ प ६२६७ नम्बरको प्रेस लेखेको मोटरसाईकलमा लागूऔषध विरगञ्जबाट पथलैयातिर लगिरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई कानुन बमोजीम कारवाहि गरिने प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.