logo

कोरोना महामारीमा मास्क वितरण गर्दै महानगर अध्यक्ष अन्सारी 

      3/19/2020 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

वीरगन्ज, ६ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का काराण बजारमा मास्कको अभाव भएको बेला नेपाल कम्युनिष्ट पार्टी वीरगन्ज महानगर कमिटिले निःशुल्क मास्क वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि नारायणी अस्पतालमा आज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा मास्क वितरण गरेको हो । महानगर कमिटिका अध्यक्ष रहबर अन्सारको नेतृत्वमा गएको टोलीले नारायणी अस्पतालमा १ हजार २ सय मास्क वितरण गरेको थियो। कोरोना भाईरसको संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएप्छि नेकपा वीरगन्ज महानगर कमिटिले सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेकोा नेकपा महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीले बताउनुभयो ।

अस्पतालका बिरामी, कर्मचारी, बिरामीका आफन्त लगायत अस्पतालमा आएका सर्वसाधारणलाई गरी १ हजार २ सय मास्क वितरण गरेको उहाँले बताउनुभयो । मास्क वितरणमा नेकपा जिल्ला कमिटि सदस्य नन्दकिशोर पञ्जियार, सगिर आलम, सुदीप लामा, सुशील सिंह ठकुरी अनेरास्ववियुका केन्द्रीय सदस्य जुवैर आलम, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण यादव, पर्सा संयोजक महम्मद निजाम लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.