logo

स्व.गुप्ताको सम्झनामा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १४ गते ०४: १७ मा प्रकाशित     692   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ का बरिष्ठ उपध्यक्ष स्व.रामानन्द गुप्ताको स्मृतिमा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्व.गुप्ताको कार्तिक ३ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।

 

 

सप्तरी जिल्लाको लाहानमा रहेर पत्रकारिता गर्नु भएका गुप्ता प्रदेश २ कै अग्रज पत्रकार मध्यका एक हुनुहुन्थ्यो । 


०४६ भन्दा अगाडि देखी पत्रकारितामा सक्रिय गुप्ताले सुरुची साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचार पत्र लगायतका बिभिन्न संचार माध्यमकालागि सिराहबाट समाचार लेख्नु भएको थियो ।

 

५९ वर्षको उमेर सक्रिय पत्रकारिता गर्दै गर्दा  उहाँले मृत्युवरण गर्नु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले गुप्ता जी जस्तो पाको र पपरिपक्व पत्रकारको अवसानले नेपाल पत्रकार महासंघलाई गम्भिर क्षती पुगेको बताए । 

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले स्व.गुप्तासंग आफना अन्तरंग कुराहरुको स्मरण गरे । पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचन जित्नु भएका गुप्ताले प्रेस काउन्सिल पत्रकारिता पुरस्कार समेत पाउनु भएको थियो  शेखले यि सबै प्रसंगहरुमा गुप्ता र आफूवीच भएको अन्तरग छलफल बारे चर्चा गरे । 


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्व . गुप्ताले श्रमजीवी पत्रकार र पत्रकार महासंघको संस्थागत बिकासकालागि देखेका सपना बाँचेकाहरुले पुरा गर्नु पर्ने बताए । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास , नेशलन युनियन अफ जर्नालिस्ट रक्सौल प्रखण्डका बिपिन कुशवाहा , केन्द्रीय प्रतिनिधि परिषदका सदस्य महेशचन्द्र गौतम र तुलसी भण्डारी प्रदेश सदस्य त्रिलोकी यादव लगायतले स्व. गुप्ताको योगदनाको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बिन्दवासिनी गाउँपालिकाको आवास योजनामा विवाद, दलित महिलाको प्रदर्शनसँगै पारदर्शितामाथि प्रश्न

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको आवास निर्माण योजना विवादमा परेको छ।

पत्रकार सिटौलाको निधन, आजै अन्त्यष्टी गरिने

काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.