बीरगंजमा राष्ट्रीय बिभूती शंखधर साख्वाःलाई बिशेष कार्यक्रमका साथ सम्झना गरिएको छ । बि.सं ९३७ मा साख्वाःले गरिव जनताको ऋण मिनाह गरेर नेपाल संबतको शुरुवात गरेका थिए ।
त्यही सम्वतलाई नेपाल संबतको रुपमा मनाउने गरिएको छ । बीरगंजमा रहेका नेवारी समाजले आज नेपाल सम्बतको अवसरमा आफनो सास्कृतिक पहिचान सहितको प्रर्दशन सम्पन्न गरेको छ ।
। नेपाल सम्बतलाई नेवार समाजले नयाँ वर्षको रुपमा मनाउने गरेको छ प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् ११४२ को मनाउने गरिएको छ ।
यही क्रममा बीरगंजमा पनि बिभिन्न कार्यक्रम सम्पन्न भएको छ।बीरगंजको नेवार समाजले अलखिय मठबाट निकालेको नेपाल सम्वत् ११४२ को र्याली अदर्शनगर घण्टाघर माइस्थान मन्दिर हुँदै बिर्तामा मा पुगी नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःसालिक मा माल्याअर्पण गरी न्हु दया भिन्तुना भन्दै शुभकामना आदान प्रदान गरी मनाएका छन् ।
तपाईको प्रतिक्रिया