logo

बीसलाख नेपाली रुपैया सहित ३१ वर्षिय साह पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १६ गते १२: ५५ मा प्रकाशित     524   पटक पढिएको

बारामा बीस लाख नेपाली रुपैया सहित प्रहरीले बीरगंजबाट एक जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घण्टाघरबाट आदर्शनगर जादै गरेको ना .४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

 

कार्यालयबाट खटिएको टोलीले शंका लागी रोकी जाँच गर्दा बीस लाख रकमसहित साहलाई पक्राउ गरिएको खनालले बताए ।


हुण्डी कारोवारको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपीतलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.