logo

स्रोत नखुलेको साढे चौध लाख रुपैया सहित एक भारतीय नागरिक पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ पौष २५ गते ०७: ४५ मा प्रकाशित     511   पटक पढिएको

स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर १ जिङ्गडवा फक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण तिलहराकला–७ का ३९ बर्षका सञ्जय कुमार जयसवाल रहेका छन् । बिआर ०५ एजी ८०५६ नम्बरको भारतीय मोटरसाईकल चलाएर आईरहेका जयसवाललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनी लुकाएर ल्याएको १४ लाख ५० हजार रुपैंया नगद बरामद गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरले जानकारी दिनुभयो । 


नगद रकम र मोटरसाईकल सहित पक्राउ परेका जयसवाललाई आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले बताउनुभयो ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.