logo

ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण

 इसीमाना सम्बाददाता     २०७८ पौष २६ गते ०२: ५३ मा प्रकाशित     464   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले न्यानो कम्बल सहित सामग्रीहरु वितरण अभियानलाई जारी राखेको छ ।

 

३२ वटै वडाका ६ हजार ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो कम्बल लगायतको सामग्री वितरण गर्ने योजना अनुसार सोमबार वडा नम्बर १, २०, २४ र ३० का ज्येष्ठ नागरिकहरुलाई एकथाल कम्बल, झुल, छाता र टर्च वितरण गरिएको हो ।

 

चिसो बढेसंगै ज्येष्ठ नागरिकहरुलाई राहत होस भनेर नगरप्रमुख बिजय कुमार सरावगीले न्यानो कम्बल सहितको सामग्री वितरण गर्न थाल्नु भएको हो ।

 

यसअघि विभिन्न वडाहरुमा वितरण गरिसकेको कम्बल सहितको सामग्री सोमबार ४ वटा वडामा वितरण गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत अभियान निरन्तर जारी रहने नगर प्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.