logo

स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्न ऐन जारी,जेष्ठ पत्रकारलाई पेन्सनको ब्यवस्था

 इसीमाना सम्वाददाता     २०७८ माघ ३ गते ०८: ४२ मा प्रकाशित     683   पटक पढिएको

वीरगंज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको छ । सो ऐन कार्यान्वयनका सन्दर्भमा आज वीरगंजको होटल मकालुमा भएको सरोकारवालाको छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाले ल्याएको आमसंचार ऐन संचार मैत्री भएको भन्दै सहभागी संचारकर्मी र पत्रकार महासंघका अग्रजहरुले  प्रशंसा गरेका थिए । स्थानीय तह आमसंचार ऐन अरु पालिकाको लागि अनुकरणीय हुने छ ।  

 

वीरगंज महानगरपालिकाले महानगरपालिका भित्र संचालनमा रहेका संचार माध्यमको प्रवद्र्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय संचार माध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र संचार माध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी संचार माध्यमको प्रवद्र्धन तथा विकास कोषको स्थापना गर्ने, पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आउनु भएका ६० बर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने, विपत्तिबाट अप्ठारोमा परेका संचार माध्यमलाई क्षती भएको सामान खरिदका लागि निश्चित अवधी सम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने, पत्रकारको लेखन बृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक बर्ष छात्रावृत्ति दिने लगायतका नीति सहित वीरगंज महानगरपालिका आमसंचार ऐन २०७८ जारी गरेको छ ।

 

गत वर्ष देखि स्थानीय संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरी संचार मैत्री स्थानीय तहको रुपमा काम गरेको वीरगंज महानगरपालिकाले नेपाल मै पहिलो पटक स्थानीय तहले आम संचार ऐन जारी गरेर स्थानीय संचार माध्यमलाई सुविधा दिन सफल भएको छ ।


बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पत्रकारहरुले दिएको सुझाव ऐनमा समेटेर राजपत्रमा प्रकाशन गर्ने बताउनु भयो ।

 

उहाँले पत्रकारिताको गुणात्मक बिकासकालागि ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्दै महानगर आम संचार माध्यमको दीगो बिकासकालागि टेवा पु्र्याउन तयार रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले आम संचार ऐनमा पत्रकार महासंघकका सरोकारका बिषयमा अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

 

अकोर्याबका पूर्व महासचिव एवं बीरगंज महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटाले संचालन गर्नु भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका प्रदेश २ का महासचिव श्याम बन्जारा, बरिष्ठ पत्रकार जगदीश शर्मा, महेश दास , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा पत्रकारहरुले आफनो चासो र सरोकारको बिषयमा ऐन समावेश गर्न माँग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.