logo

सशस्त्र प्रहरी र नेपाल प्रहरी द्वारा लागूऔषध सहित एक पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ फागुन ३ गते ०३: ४१ मा प्रकाशित     410   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले ३ किलो ९ सय ग्राम चरेस बरामद गरेको हो ।कार्टुन टेपले बेरिएको आठवटा प्याकेटमा तीन किलो ९०० ग्राम चरेस फेला परेको हो ।

बरामद गरिएको चरेस आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साको प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताउनु भयो।

 

वीरगञ्ज महानगरपालिका वडा नं १४गण्डकचोकबाट भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा वडा नं।१४ बस्ने वर्ष २२ को जगत कुमार कुशवाहालाई लागू औषध सहित नेपाल प्रहरीले पक्राउ गरेको छ ।

 

उनको साथबाट लागु औषध नुर्फिन १०० एम्पुल, डाइजीपाम १०० एम्पुल र फेनारगन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

उनी बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.