logo

बीरगंजमा फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु

 इसीमाना सम्वाददाता     २०७८ फागुन ५ गते ०३: ४४ मा प्रकाशित     697   पटक पढिएको

वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ ।

 

केही दिन अघि वीरगन्ज माहानगरपालिका वडा नम्बर १६ नगवामा अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्रको स्थापना भएपछि फोहोर व्यावस्थापनका लागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले केहीदिन अघि उद्वघाटन गर्नुभएको अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु भएकोले अस्पतालहरुमा निस्किने फोहोर संकलन शुरु गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

 

अस्पताल, नर्सिङ होम, तथा विभिन्न परिक्षण प्रयोगशालाहरुबाट निस्कने फोहोरहरु तालिम प्राप्त प्राबिधिकहरुको सक्रियतामा अत्याधुनिक मेसिन बाट बिसर्जन गरिने वीरगन्ज महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

वीरगन्ज माहानगर भित्र संचालनमा रहेका सम्पुर्ण अस्पतालहरु र परीक्षण प्रयोगशालाहरुबाट निस्किने मानव अंङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुलाई उचित व्यावस्थापनका लागि वीरगन्ज महानगरपालिकाले छुट्टै अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेको छ ।

 

फोहोर व्यावस्थापन केन्द्र सञ्चालनमा आएपछि नियमित रुपमा अस्पतालजन्य फोहोरहरु संकलन गरि व्यावस्थापन केन्द्रमा प्रशोधन गरिने भएकोले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यावस्थापनका लागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न तथा अस्पतालका फोहोरहरुलाई उचित व्यावस्थापनमा सहयोग पु¥याउन नगरप्रमुख सरावगीले अनुरोध गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.