logo

बीरगंजमा फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु

 इसीमाना सम्वाददाता     २०७८ फागुन ५ गते ०३: ४४ मा प्रकाशित     651   पटक पढिएको

वीरगंज माहानगरपालिकाले आजदेखि नियमित रूपमा अस्पताल जन्य फोहर संकलन गर्न शुरु गरेको छ ।

 

केही दिन अघि वीरगन्ज माहानगरपालिका वडा नम्बर १६ नगवामा अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्रको स्थापना भएपछि फोहोर व्यावस्थापनका लागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले केहीदिन अघि उद्वघाटन गर्नुभएको अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्रमा फोहोर प्रशोधन कार्य शुरु भएकोले अस्पतालहरुमा निस्किने फोहोर संकलन शुरु गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

 

अस्पताल, नर्सिङ होम, तथा विभिन्न परिक्षण प्रयोगशालाहरुबाट निस्कने फोहोरहरु तालिम प्राप्त प्राबिधिकहरुको सक्रियतामा अत्याधुनिक मेसिन बाट बिसर्जन गरिने वीरगन्ज महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

वीरगन्ज माहानगर भित्र संचालनमा रहेका सम्पुर्ण अस्पतालहरु र परीक्षण प्रयोगशालाहरुबाट निस्किने मानव अंङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुलाई उचित व्यावस्थापनका लागि वीरगन्ज महानगरपालिकाले छुट्टै अस्पतालजन्य फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेको छ ।

 

फोहोर व्यावस्थापन केन्द्र सञ्चालनमा आएपछि नियमित रुपमा अस्पतालजन्य फोहोरहरु संकलन गरि व्यावस्थापन केन्द्रमा प्रशोधन गरिने भएकोले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यावस्थापनका लागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न तथा अस्पतालका फोहोरहरुलाई उचित व्यावस्थापनमा सहयोग पु¥याउन नगरप्रमुख सरावगीले अनुरोध गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.