सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक धादिङ जिल्ला दिसुलेख गाउँपालिका वडा नम्वर ६ बस्ने २२ वर्षीय सुरेन्द्र वि.क. र मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने ४८ वर्षीय भिमलाल मोक्तान रहेको सर्लाहीका प्रहरी प्रवक्ता कृष्ण गिरीले जानकारी दिनु भयो ।
महेन्द्र राजमार्गमा पश्चिम दिशाबाट पूर्व तर्फ जादै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्वरको योदा पिकअप (माछा बोक्ने) गाडीमा लागूऔषध गाँजा लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले गाँजा र मान्छे सामातेको हो ।
प्रहरीले विशेष सुचनाको आधारमा चेक जाँच गदाँ सो गाँजा बरामद गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले ८५ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताउनु भयो ।
तपाईको प्रतिक्रिया