logo

सशस्त्र प्रहरीद्वारा ११ लाख बराबरको तोरी सहित एउटा ट्रक नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०७८ फागुन ९ गते ०७: ५० मा प्रकाशित     451   पटक पढिएको

सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी ट्रकसहित बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमाण्डमा सशस्त्र प्रहरी बल बिओपी पिडारीगुठी सशस्त्र प्रहरी बल नेपाल मधेश छिन्नमस्ता मुख्यालयका स्क्वायड संयुक्त टोलीले ट्रक सहित तोरी बरामद गरेको हो ।

 

भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याएको आठ टन दाना तोरी बरामद गरिएको १३ नं. गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताउनु भयो ।

 

भारतबाट अवैध रुपमा भन्सार छलि गरि नेपाल भित्र्याईएर ना.४ ख ९२४६ नम्बरको ट्रकमा लोड गरि वीरगंजतर्फ ल्याउँदै गरेको अवस्थामा आइतबार राती ११ बजेको समयमा ट्रक सहित बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु भयो ।

 

तोरीसहित ट्रकका चालक चितवन माड़ी नपा ५ रमाइलो डांडा बस्ने वर्ष ३१ का दीपक दराईलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डीएसपी बस्नेतले बताउनु भयो । बरामद तोरी र ट्रकको मूल्यांकन ११ लाख रहेको बुझिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.